सुनन्दाको हत्या भएको खुलासा
२२ पुस, एजेन्सी ।
भारतीय कांग्रेसका नेता एवं पूर्व विदेश राज्य मन्त्री शशि थरूरकी पत्नि सुनन्दा पुस्करको हत्या भएको खुलासा प्रहरीले गरेको छ । रहस्यमय अवस्थामा मृत फेला परेकी पुस्करको आत्म हत्या नभएर हत्या भएको सनसनीपूर्ण खुलासा भारतीय प्रहरीले गरेको हो ।
दिल्ली पुलिसका कमिश्नर बी.एस. बस्सीलाई उद्धृत गर्दै टाइम्स अफ इण्डियाले जनाए अनुसार सुनन्दाको मृत्यु आत्महत्या नभएर हत्याका कारण भएको निष्कर्षमा प्रहरी पुगेको छ ।
दिल्ली पुलिसले हत्यारका विरुद्ध मुद्धा समेत दर्ता गरेको बताइएको छ । केही महिना अघि नेपाल आएका शशी थरुर यो खुलासापछि तनावमा पर्ने समेत भारतीय सञ्चार माध्यले जनाएका छन् ।
गत वर्षको १७ जनवरीमा दिल्लीको एक विलाशी होटलमा सुनन्दा मृत भेटिएकी थिइन् । शुरुमा उनले आत्महत्या गरेको भनिएपनि अहिले आएर हत्या भएको खुलासा भएको हो ।
