हिटलरको अन्त्यसँगै यसकारण बन्द भयो संसारकै ठूलो होटल




एजेन्सी । यसको निर्माणकर्ताले कहिल्यै सोचेका थिएनन् कि यो विशालकाय र आलिशान होटल निर्माण गरिदै छ जो सबैको विरानो बन्नेछ । ४ किलोमिटर लम्बाई भएको १० हजार कोठा भएको होटल बनाउँनका लागि ९ हजार मजदुरहरुले लगातार तीन वर्ष कठिन मजदुरी गर्नुपरेको थियो ।
तर पछिल्लो ७० वर्षदेखि यो होटल बन्द रहेको छ । युरोपको बाल्टिक सागरको किनारामा रहेको यो होटलको नाम द प्रोरा होटल हो । यसको निर्माण जर्मनीमा नाजी शासनको दौरानमा रुगेन आइल्याण्डमा बनाइएको थियो ।


सन् १९३० को दशकपछि जर्मनीमा नाजीयोले एक कार्यक्रम ‘स्ट्रैन्थ थ्रु ज्वय’ को मुनी विशाल परिसर तयार गर्ने विचार गरेका थिए । यसलाई ‘द कोलोसस’ भनिएको थियो, जसको अर्थ झाडी क्षेत्र या मरुमूमि हो । ४ किलोमिटर लामो यो भवनलाई हेर्दा कसैले पनि यसलाई होटल हो भनेर अनुमान गर्न सक्दैनन् ।
बाल्टिक सागरबाट १५० किलोमिटर टाढा रहेको यो होटलमा एकै खालका ८ वटा भवन बनाइएको छ जहाँ समान खालका ४ रिसोर्ट र हरेक रिसोर्टमा सिनेमाघर, सबै भवनमा कार्यक्रम हल, जोडीहरुका लागि स्वीमिङ पुलको व्यवस्था थियो ।
आइल्याण्डका स्थानीय मानिसका लागि पहिलो पटक कुनै नौलो कुरा भइरहेको छ । तर स्थानीयलाई यो भवनको निर्माणले नाजीवादको प्रचारका लागि मद्दत पुग्छ भन्ने हेक्का थिएन र यसको निर्माणका लागि राजी भएका थिए ।

यस होटलको निर्माणलाई लिएर नाजीयोका प्रमुख एडोल्फ हिटलरलाई भने समुद्रमा बनाइएको यत्रो रिसोर्ट संसारमै अनौठो साबित हुने विश्वास थियो । भवनमा २० हजारभन्दा बढी बिस्तारा बनाउने, हरेक कोठामा सिसा लगाउने र जसबाट बाल्टिक सागर देख्न सकिने उनको योजना थियो ।
प्रोरा रिसोर्टका हरेक कोटा ५÷२.५ को छन । हरेक विल्डिङमा इमरजेन्सी अस्पताल समेत थिए । यो रिसोर्ट बनाएपछि बसोबासको सुविधा समेत लागु भएको थियो । तर, दोस्रो विश्वयुद्धमा जर्मनी पराजित भएपश्चात उक्त होटलमा बस्ने मानिसहरुको सपना पुरा हुन सकेन ।
हिटलरले हजारौं कर्मचारीलाई पीनमण्डे वेपल प्लान्टमा पठाए जहाँ उनीहरु हतियार विकसित गर्ने काम गर्थे । दोस्रो विश्वयुद्धको अन्तिम समयमा मित्रशक्तिका सेनाले गरेको बमबारीमा हमबर्गबाट विस्थापित भएका मानिसहरुले यस होटलमा शरण लिएका थिए ।

news and entertainment