तपाईले कुन स्टाईलले किस गर्नुहुन्छ ? किसको टप १० स्टाईल



चुम्बन अर्थात किसमा धैरै जादु र चमत्कारी क्षमता छ, जसले तपाईको सम्बन्ध विगार्न पनि सक्छ वा सुमधुर बनाउन पनि सक्छ । वर्तमान पुस्ताहरुको जीवन शैलीलाई कुन तरिकाले अगाडि बढाउन सकिन्छ र उनीहरुको सम्बन्ध कसरी लामो बनाउन सकिन्छ त ?कसैले किस जोडले गर्छन् भने कसैले विस्तारै गर्छन् । तर तपाईले कुन शैलीमा किस गर्दै हुनुहुन्छ त ? किस गर्ने १० तरिका तपाईहरुका लागि ।



१) गालामा किस
कुनै केटीले या कुनै केटाले गालामा किस गर्छन् भने तपाईले बुझनु पर्छ कि त्यो तीनीहरुको पहिलो डेटिंग हो । र, उनीहरु आफनो सम्बन्धको विस्तार गर्न चाहन्छन् । उनीहरुले मायाको परिभाषा पता लगाउँदै छन् र विस्तारै मायालाई थाहा पाउँदैछन् ।


२) ओठ–ओठमा किस
ओठमा गरिने किसलाई सम्बन्ध विस्तार गर्ने अनुमति अर्थात ग्रिन सिग्नलको रुपमा लिइन्छ । तपाईहरु डेटिंग गएर छुटिने बेलामा तपाईको प्रेमीका वा तपाईको प्रेमीले ओठमा किस गर्छन् भने तपाई बुझनुस कि उ तपाईलाई छिटै भेट्ने कामना गरिरहेको छ ।

३) ओपन माउथ किस
यस्तो खालको किसले तपाईको पार्टनरले तपाईलाई एकान्तमा भेट्न वा उसको प्राईभेट ठाउँमा जान अनुमति दिन्छ । यस्तो खालको किस ओठ–ओठमा मात्र सिमित नरहने र जीब्रो र थुकको पनि एकअर्काकाले महसुश गर्छन् । यसबाट के बुझिन्छ भने तपाईहरु एकअर्कालाई पाएर खुशी हुनुहुन्छ । र, सम्बन्धलाई अगाडि बढाउन चाहनु हुन्छ ।

४) टनसिल हक्कि
यो किसबाट तपाईहरु एकअर्काप्रति निकै इन्ट्रेस्टेड रहेको बुझिन्छ । तपाईहरुको हार्मोनले एकअर्कालाई पहिचान गरेको हुन्छ । र, तपाईहरु एकअर्कामा समाहित हुनुहुन्छ ।

५) पब्लिक किस
तपाईको पार्टनरले सबैको सामु तपाईलाई किस गर्छ भने यसको अर्थ हुन्छ उ तपाईसँग पुरै जीवन विताउन चाहन्छ । उनलाई कसैसँग कुनै मतलब छैन ।

६) हाथमा किस
हाथमा किस गर्नुको अर्थ यो हुन्छ कि उनी पुरानो जमानाको स्टाईल कि छिन् वा छन् । र, एसको अर्को अर्थ यो पनि हो कि उ तपाईसँग छिटै विवाह गर्न चाहन्छ ।

७) किसमा नो कन्ट्रोल
तपाई डेटिंगमा जानु हुन्छ वा फिल्म हेर्न जानुहुन्छ अथवा बाटोदेखि घरसम्म जहाँतही तपाईलाई किस गर्छभने तपाईले बुझनु पर्छ तपाईहरुको सम्बन्ध किस भन्दा अगाडि बढी सक्यो । र, तपाईहरुको बीच अर्को सम्बन्धको आवश्यकता छ ।

८) टाउकोमा किस
टाउकोमा किस गर्नुको अर्थ हुन्छ कि तपाईहरु एकअर्कामा कम्फटेबल हुनुहुन्छ । तपाईहरु शालिन जीन्दगी विताउँदै हुनुहुन्छ । तपाईहरुबीच आत्मियता बढेको छ ।

९) पल्याटोनिक किस
यो यस्तो खालको किस हो जसको महसुश तपाईले गर्नसक्नु हुन्न । यो किस निकै मायाले गरिन्छ तर यसबाट तपाईलाई अरुथोक गर्न मनलाग्छ ।

१०)सेक्सको समयमा किस
तपाईको पार्टनरले सेक्सको समयमा मात्र तपाईलाई किस गर्छन् भने ध्यान राख्नुस् केही खतरा छ । अरु समयमा तपाईलाई किस नगरी मात्र सेक्सको समयमा किस गर्छन् भने तपाईहरुको सम्बन्धमा चिसोपना पसेको महसुश गर्नुस् । र, सेक्सको समय बाहेकका समयमा पनि तपाईहरु किस गर्ने गर्नुस् । अनी मात्र तपाईहरुको सम्बन्ध विस्तार हुँदै जान्छ ।

,

news and entertainment