स्तन कत्रो भए सेक्स मा आनन्द मिल्छ.. जानी राखौ !!
स्तन कत्रो हुनुपर्छ ? स्तन महिलाको छातीमा रहेका दुई वटा विशेष ग्रन्थी हुन्। यही विशेष ग्रन्थीले सन्तान भएपछि शिशुको पोषणका लागि दूध बनाउँछ। स्तन यौनको दृष्टिकोणले पनि महत्वपूर्ण अङ्गं हो।

कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिने भएकाले स्तन ठूलो बनाउने चाहना भएको पाइन्छ। स्तनको आकारमा वंशाणुगत कुराहरूको प्रभाव एकतिर हुन्छ भने अर्कातिर पोषणको। यी दुवैको संयुक्त प्रभाव स्तनको आकार निर्धारणमा महत्वपूर्ण छ। पोषण ठीक नभएका युवतीको शरीरको तौल कम हुने मात्र होइन स्तनको आकारमा त्यसको नकारात्मक प्रभाव पर्न सक्छ।
स्तन वा थुनचोलीको नापका साथै शरीरको तौल अनि उचाइ केही पनि नलेख्नु भएका कारणले तपाईंको स्तन सामान्यभन्दा सानो हो कि होइन भन्न सकिने स्थिति भएन। के सानो स्तनले समस्या ल्याउँछ ? स्तनको आकार वास्तवमा त्यसमा भएको बोसोको मात्राले निर्धारण गर्छ। बोसोदेखि बाहेक स्तनमा रेशा तन्तु तथा दूध बनाउने ग्रन्थीहरू हुन्छन्। स्तन केही सानो भयो भन्दैमा दूध बनाउने कार्य राम्रोसँग गर्न नसक्ने होइन। अर्को कुरा के भनौं भने सानो भए पनि यो एकदमै यौन संवेदनशील हुनसक्छ। त्यसैले तपाईंले मजाले यौन आनन्द प्राप्त गर्न सक्नुहुन्छ।source:nepaliheadlines