यस्ता छन् ओबामाका सुरक्षा कुकुर ?
वासिंटन–अमेरिकी राष्ट्रपति बराक ओबामाको सुरक्षा व्यवस्थामा बेल्जियन मेलिनोइस प्रजातिका कुकुरको मुख्य भूमिका हुने गरेको छ। विश्वकै खतरनाक मानिने मेलिनोइस प्रजातिको कुकुरसँग सम्बन्धीत सात विशेषता यस्ता छन्।
१) ओबामा विश्वका कुनै पनि कुनामा भएपनि उनको सुरक्षा दस्तामा सात प्रशिक्षित मेलिनोइस कुकुर सहभागी हुन्छन।
२) मेलिनोइस प्रजातिका कुकुर विश्वभरीमा तीक्ष्ण मानिन्छ। यो प्रजातिका कुकुरको सुंघ्ने क्षमता सबैभन्दा धेरै हुन्छ। यही कारणले बम विष्फोट तथा अन्य संदिग्ध पदार्थको खोजी कार्यमा मेलिनोइस प्रजातिका कुकुर सबै भन्दा उत्तम मानिन्छ।
३) सारीरिक हिसाव मध्यम मानिने मेलिनोइस प्रजातिको कुकुर आफूभन्दा निकै ठूलो आकारको जर्मन सेफर्डभन्दा धेरै वलवान हुन्छन।
४) मेलिनोइस प्रतिघण्टा २५ माइलको रफ्तारमा दैडिन सक्छ।
५) मेलिनोइसले टोक्दा प्रतिवर्ग इन्चमा करोडौं पाउण्डको दबाब एकसाथ पर्छ।
६) धेरै इनर्जी भएका कारण मेलिनोइसलाई नियन्त्रणमा लिनु निकै चुनौतिपुर्ण मानिन्छ। प्रयाप्त तालिम तथा कसरत नगर्दा मेलिनोइस खतरनाक व्यवहार गर्न थाल्छ।
७) तीन वर्षको हुँदासम्म मेलिनोइस आम कुकुरजस्तै देखिन्छ। तर पाँच वर्षको भएपछि खतरनाक हुन थाल्छ।
मेलिनोइसलाई समयमै तालिम दिन सुरु गरियो भने सबैभन्दा खतरनाक कुकुर बन्छ। बराक ओबामाको सुरक्षा दस्तामा सबैभन्दा खतरनाक मेलिनोइस कुकुर सामेल छन्।
