दलहरुसँग केही कुरामा सहमति भएको पूर्वराजा ज्ञानेन्द्रको खुलासा

पूर्वराजा ज्ञानेन्द्र शाहले तत्कालीन राजनीतिक दलहरु र आफूबीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित केही सहमति तथा समझदारी भएको बताएका छन्।
६५ औं प्रजातन्त्र दिवसका अवसरमा बुधबार शुभकामना सन्देश दिँदै पूर्व शाहले विज्ञप्तिमार्फत यस्तो खुलासा गरेका हुन्।


 ‘तत्कालिन राजनीतिक दलहरु र मेराबीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जे जति सहमति, समझदारी एवम् व्यवस्थापकीय गतिविधि भएका थिए, तीनको स्मरण गराउन चाहान्छु’, उनले विज्ञप्तिमा भनेका छन्। यद्यपी उनले सन्देशमा के कस्ता सहमति र समझदारी भएका थिए भन्ने खुलाइएका छैनन्।
शाहले नेपालको संविधान पुर्णरुपमा आएर मूलूकको राज्यव्यवस्थाले स्थिरता र गतिशीलता प्राप्त गरोस् भन्दै प्रजातन्त्र दिवसको शुकामना दिएका छन्। उनले ६४ वर्षअघि प्रजातन्त्र प्रेमी जनता र राजाको समन्वयकारी प्रयासमा नेपालमा प्रजातन्त्र आएको उल्लेख गरेका छन्।

शाहले दलहरुले निषेध, विभेद, अन्योल, अलमल र कचिगंलमै समय बिताउनु भन्दा राष्ट्रको भूबनोट, राष्ट्रिय समाजको स्वरुप र राष्ट्रिय धर्म, परम्परा र मर्मलाई स्पर्श गरेर अगाडी बढ्नु नै आजको आवश्यकता भएको औल्याएका छन्।

news and entertainment