पूर्वराजा ज्ञानेन्द्रले विज्ञप्ति नै निकालेर यस्तो भने

७ फागुन, काठमाडौ ।
६५ औं प्रजातन्त्र दिवसको यस अवसरमा म समस्त नेपालीहरुमा हार्दिक शूभकामना व्यक्त गर्दछु । आज भन्दा ६४ बर्ष अघि प्रजातन्त्र प्रेमी जनता र राजाको समन्वयकारी सत् प्रयासबाट नेपाली जमीन र जनजिवनमा प्रजातन्त्रको विजारोपण भएको हो ।


प्रजातन्त्रको लागि त्याग र उदारता प्रस्तूत गर्ने हाम्रा जिज्यु बूवा राष्ट्रपिता स्व.श्री ५ त्रिभूवन र वलिदान एवं जीवन उत्सर्ग गर्ने शहिदहरु प्रति म हार्दिक श्रद्धाभाव र श्रद्धाजंली प्रकट गर्दछु ।



प्रजातन्त्र राष्ट्रको अलंकार हो र जनता जनार्दनको भाग्य भविष्यको आधार हो । राज्य संचालन र विधि व्यवस्थापनका निम्ति चाहिने मूख्य विषय आपसी सूझबूझ, समझदारी र अनूभवयूक्त प्रयत्न हो । निषेध, विभेद, अन्यौल, अलमल र कचिगंल मै समय विताउनू भन्दा राष्ट्रको भूवनो, राष्ट्रिय समाजको स्वरुप र राष्ट्रिय धर्म, परम्परा र मर्मलाई स्पर्श गरेर सहि दिग्दर्शन गर्नेतर्फ अगाडि बढ्नु नै आजको आवश्यकता हो ।

६४ बर्ष अघि हाम्रा जिज्यू वूवाले र ढ बर्ष अघिको बर्षारम्भमै म स्वयंले गरे गराएको कार्यविधी पनि प्रजातन्त्र र त्यसको आधार राष्ट्रियतालाई बलियो बनाउने कार्य कदम थियो भन्ने कूरा म पून स्मरण गराउन चाहन्छू । त्यसैले तत्कालिन राजनीतिक दलहरु र मेरा वीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जे जती सहमती, समझदारी एवं व्यवस्थापकीय गतिविधी भएका थिए तिनको स्मरण र अनूसरण गदैें त्यसलाई सही रुपले कार्यान्वयनमा ल्याई मुलुकलाई दिगो शान्ति, स्थायीत्व र समृतितर्फ अघि बढाउन सकेमा नै आजको पूनित दिवसकोे सार्थकता रहन्छ ।
नेपालको मूल कानून परिपुर्ण रुपमा आवोस्, मूलूकको राज्य व्यवस्थाले स्थिरता र गतिशिलता प्राप्त गरोस् यही मेरो शूभकामना छ ।
श्री पशूपतीनाथले हामी सबैको कल्याण गरुन ।
जय नेपाल ।

news and entertainment