बेहुलीको लगातार धर्नापछि बेहुला फरार, बेहुली ताला फोडेर घरमा पसिन्
बेगुसराय, ६ फागुन
केही दिनअघि मात्र प्रीतिकुमारी बाजागाजाका साथ जन्ती लिएर बेहुला लिन बेगुसराय पुगेकी थिइन् ।
बेहुलाले इन्कार गरेपछि उनी भोक हड्तालमा बसेकी थिइन् । हड्ताल बसेको चौथो दिनमा बेहुला सपरिवार
बेपत्ता भए । त्यसपछि बेहुली ताला फोडेर बेहुलाको घर भित्र छिरेकी छिन् । अहिले उनले अनसन तोडिसकेकी छन् ।
बेहुला पक्षका गाउँले उक्त घटनाबाट आक्रोशित छन् । यतिबेला घरमा प्रहरी बल तैनाथ गरिएको छ ।–एजेन्सी
