यस्ता छन् बलिउडमा बाईक कुदाउने सुन्दरीहरु

२०७१ फागुन ३ गते

खासमा बलिउड हिरोईनहरु बाईकका सौखिन छैनन् । मोडलिङ एवं चलचित्रमा प्रवेश गर्ने बित्तिकै उनीहरु चारपाङ्ग्रेमै यात्रा सुरु गर्छन् ।



यति हुँदाहुँदै पनि चलचित्रको पर्दामा भने उनीहरु खतरनाक बाईक स्टन्टबाजको रुपमा देखिएका छन् । तर, सिनेमामा देखाई जस्तो बाईक कुदाउन सक्ने हिरोईन कोही पनि छैनन् बलिउडमा ।


पर्दामा बाइक कुँदाएर चर्चामा आएका केही हिरोइनहरुको नालीबेली यस्तो छ  ।

पर्दामा पहिलोपटक करिना कपुरले रोहित शेट्ठीको फिल्म ‘गोलमाल’ मा बाईक चलाएकी थिईन् । त्यसपछिका फिल्ममा उनले बाईकमा कुद्ने अवसर पाएकी छैनन् ।

बलिउडकी सुन्दरी नायिका कट्रिना कैफले पनि ‘जिन्दगी ना मिलेगी दोबारा’ मा खुल्ला सडकमा बाईक कुदाएकी छिन् । उनले बाईक कुदाएको दृष्य हेरेर दर्शकले राम्रै मनोरञ्जन लिएका थिए ।


अनुश्का शर्मा सबैभन्दा राम्रोसँग बाईक चलाउने हिरोईनका रुपमा चिनिन्छिन् । उनले ‘जब तक है जान’ मा मज्जाले बाईक कुदाएकी थिईन् । उनी आफै पनि बाईकको सौखिन छिन् । बाईक स्टन्टमा समेत उनको रुची छ ।

श्रद्धा र आलिया डराउँछन्
नायिका श्रद्धा कपुर बाईक चलाउन निकै डराउँछिन् । एक भिलेन’ मा बाईक चलाएकी श्रद्धालाई उक्त फिल्ममा नायक सिद्धार्थ मल्होत्राले सघाएका थिए ।


बडि ल्याङ्गवेज सिक्न अमेरिका जाने तयारीमा रहेकी आलिया भट्ट पनि बाईक चलाउने आँट गर्दिनन् ।


फिल्म ‘हम्पी शर्माकी दुल्हनीयाँ’ मा बाईक चलाएकी आलियालाई बरुण धवनले सघाएका थिए ।

समिरा रेड्डीले बाईक कुदाएर प्रहरीलाई नै झुक्क्याएको दृष्य छ चलचित्र ‘तेज’ मा ।

बाईक राम्रै चलाउने भएपनि असलमा फिल्ममा देखाए जसरी नै कुदाउन सक्ने सामथ्र्य राख्दिनन् उनी पनि ।

हिन्दी फिल्म ‘सन अफ द सरदार’ मा सोनाक्षी सिन्हाले पनि केही दृष्यमा बाईक चलाएकी छिन् । तर, उनी आफैमा बेजोड बाईक चलाउन सक्दिनन् । एजेन्सीको सहयोगमा

news and entertainment