अमेरिकामा नेपालीलाई १० करोडको चिठ्ठा

काठमाडौं । अमेरिकाको टेक्सासमा खाद्यान्न स्टोर चलाउँदै आएका नेपाली चन्द्र शिवाकोटीले करिब १० करोड रुपैयाँ (१० लाख अमेरिकी डलर) को चिठ्ठा जितेका छन् ।

उनको स्टोरबाट बिक्री भएको चिठ्ठा ‘ज्याकपट’ मा परेपछि उनी ‘पावरबल’ बाट हकदार बनेका हुन् । चार जनालाई संयुक्त रुपमा परेको ज्याकपटबाट उनको भागमा मात्र १० लाख डलर आएको हो ।


शिवाकोटी बिहीबार बिहानै स्टोर खोल्न पुग्दा आँगनमा केही मानिस झुम्मिएका थिए । त्यो देखेर सुरुमा उनी स्टोरमा केही भयो कि भन्ने शंकामा परेका थिए । तर एकैछिनमा त्यो अन्योल अपार खुसीमा परिणत भयो ।

बुधबार खोलिएको उक्त चिठ्ठा अमेरिकाकै पाँचौं ठूलो हो । चिठ्ठा सञ्चालक टेक्सास लोटरीका अनुसार बिक्रेता स्टोरहरुले सम्बन्धित राज्यमा बिक्री भएका चिठ्ठा रकममध्ये १ प्रतिशत पाउने प्रावधान अन्तर्गत शिवाकोटीको भाग्य चम्किएको हो ।

४० मिलियन अमेरिकी डलरबाट सुरु हुने उक्त चिठ्ठाको रकम बिक्रीसँगै बढ्दै जान्छ । अमेरिकाका ४४ राज्य, वासिङटन डीसी र भजिर्न आइल्यान्डमा समेत यो चिट्ठा खेलिँदै आएको छ । कान्तिपुरमा समाचार छ ।

news and entertainment