मनकामना मन्दिर भत्काउन क्षमापूजा गरिने
४ फागुन, गोरखा ।
जीर्णोद्वारका लागि जगैदेखि भत्काउनुअघि मनकामना मन्दिरमा क्षमापूजा गरिने भएको छ । १५ फागुनमा क्षमायाचनाका लागि क्षमापूजा गरिने भएको छ । जगैदेखि भत्काएर पुनः बनाउन क्षमापूजागर्न लागिएको मन्दिर जीर्णोद्वार समितिले जनाएको छ ।
मन्दिर पूर्व-पश्चिम १६ सेन्टिमिटर र उत्तर-दक्षिण पाँच सेन्टिमिटर भासिएर ढल्किएछि पुननिर्माणको तयारी भएको छ ।
पुननिर्माणका लागि मन्दिरलाई जगैदेखि भत्काइने छ । तर नयाँ बन्ने मन्दिरको स्वरुप पनि अहिलेकै जस्तो हुनेछ ।
०६८ को अध्ययनअनुसार आठ करोड खर्च लाग्ने देखिएपनि अहिले भने ११ करोड रुपैयाँसम्म लाग्ने समितिको भनाई छ । आजको नयाँ पत्रिकामा खबर छ ।
मन्दिर जीर्णोद्वारको काम चलिरहँदा पनि नियमित पूजाआजाको काम नरोक्न विशेष व्यवस्था गरिनेछ ।
