६.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प

५ फागुन, टोकियो ।


उत्तरपूर्वी जापानमा मङ्गलबार एक शक्तिशाली भूकम्प गएको छ । जापानको तटीय क्षेत्रमा गएको सो भूकम्पको ५.७ रेक्टर स्केलको मानप गरिएको जनाइएको छ ।

स्थानीय समयानुसार मङ्गलबार अपराह्न १३:५० बजे भूकम्प गएको बताइएको छ ।


सो भूकम्पको केन्द्रविन्दु ४०.१ डिग्री उत्तरी आक्षांश र १४२.१ डिग्री पूर्वी देशान्तरमा जनाइएको छ । सो भूकम्पपश्चात सुनामीको चेतावनी भने नपाइएको जापानी मौसम विज्ञान विभागले जनाएको छ ।

मङ्गलबार विहान सबेरै पनि उत्तरपूर्वी जापानमा ६.९ रेक्टर स्केलको भूकम्प गएको र १ मिटरसम्म सुनामी आउन सक्ने चेतावनी दिइएको जनाइएको छ ।

जापानमा प्राय यस्ता भूकम्पपछि सुनामीको चेतावानी पनि आउने गरेकोले भूकम्पपछिको अवस्थालाई खतराका रुपमा पनि लिने गरिन्छ । रासस÷सिन्ह्वा

news and entertainment