हिमानी नेपाल फिर्ता भईन

करिब १ हप्ताको थाईल्याण्ड यात्रा पछि आज पूर्ब युवराज्ञी 

हिमानी नेपाल फिर्ता भएकी छन् । दिउँसो साढे १२ बजे थाई 

एअरको बिमानबाट नेपाल फर्केकी हिमानी लागु औषधको 

मुद्धामा थुनामा परेका आफना पति तथा पूर्ब युवराज पारस 

शाहलाई भेटन थाईल्याण्ड गएकी थिईन् ।

थाईल्याण्डको जेलमा रहेका पारससँगको भेटघाट पछि उनि 

नेपाल फर्केकी हुन् । पारस अहिले लागु औषधको मुद्धामा 

थाईल्याण्डको अदालतमा जेलबाटै तारिख लगाईरहेका छन् ।

हिमानी पारस भेटघाट यात्रालाई दरबारले सामान्य पारिवारीक भेटघाटको रुपमा लिएपनि सञ्चारमाध्यमले निकै प्राथमिकता
 दिदै आईरहेका छन् । यसको बाबजुद पनि हिमानीले भने सञ्चार माध्यममा कुनै प्रतिक्रिया ब्यक्त गर्न मानेकी छैनन् ।

news and entertainment