खुल्दैछ हाँस्न सिकाउने विश्वविद्यालय
२०७१ माघ २० गते
के तपाइँ हाँस्न जान्नुहुन्छ ? यो प्रश्न नै वाहियात लाग्नसक्छ, किनकी कोहीपनि मानिस हाँस्न नजानेको भन्ने हुँदै हुँदैन । तर होइन, मानिसहरु वास्तवमा हाँस्न जानेका हुँदैनन् । त्यहीँ भएर मानिसलाई हाँस्न सिकाउनकै लागि एक विश्वविद्यालयको स्थापना हुँदैछ ।
हास्य आधारित व्यायामका संस्थापक मदन कटारियाका अनुसार ‘हास्य योगा’ को विषयमा अध्ययनका लागि सिंगापुरमा विश्वविद्यालय नै स्थापना गर्ने योजना बनाइएको हो ।
विश्वमा हास्य योगा को प्रचारका लागि काम गरिरहेका तथा विश्वका १ सय भन्दा बढि सहरमा हास्य योगालाई लोकप्रिय समेत बनाइसकेका कटारियाका अनुसार विश्वका प्रतिष्ठित १२ वला विश्वविद्यालयमा हास्य योगाले स्वास्थ्यमा पूराउने फाइदाका विषयमा अनुसन्धान भैरहेको छ ।
सिंगापुरमा एक मेलामा हास्य योगाको एक सत्रका दौरान कटारियाले हास्य योगाका विषयमा शोधका लागि एक विश्वविद्यालय तथा हास्य योगाका विशेषज्ञहरुलाई प्रशिक्षित गर्नका लागि एक केन्द्र स्थापनाको सम्भावना रहेको बताएका अन्तराष्ट्रिय संचार माध्यममा उल्लेख छ ।
