के पृथ्वीमा जीवनको अस्तित्व हराउला त ? ( फोटो फिचर )
सुर्य बाट १४२ मिलियन माइल टाढा रहेको मंगल गह्रमा मानव बस्तीको सम्भावना रहेको नरहेको अध्ययनको लागि खर्बौ डलर खर्च भइसकेको छ। अनेकौ Mars rover ( मंगल गह्रमा चल्न सक्ने श्वचालित मोटर ) को प्रयोग भइसकेको छ । पृथ्वीबाट अन्तरिक्षयानमा २६ महिना पुग्नलाइ नै लाग्ने ठाउमा खर्बौ डलर किन खर्च भइरहेको छ त ?
मंगल ग्रहको अहिले सम्मको अनुसन्धानको कथा सन् १९६५ जुलाइ १४ को ( Mariner 4 Flyby) पहिलो मगल ग्रहको तस्बिर बाट सुरु भएको थियो।
पहिलो तस्बिर सार्वजनिक भएपछि मंगल ग्रहमा मावन वस्नको लागि अनुकुल वातावरण हुनै नसक्ने र यसमा खर्च गर्नु हुन्न भन्ने कुरा आउदा आउदै पनि नासा (NASA) ले यसमा अध्ययन सुरु गरेको थियो ।
भाइकिङ अरबिटर कम्पोजिट (Viking Orbiter Composite - 1976)
भाइकिङ ल्यानडर १(Viking Lander 1, 1976) ले लिएको मंगल सतहको पहिलो रंगिन तस्बिर
करिब करिब मंगल को पुरै सतहको क्षेत्रफल पृथ्वीको जमिन मात्रको क्षेत्रफलसंग बराबर हुन आउछ
हाम्रो सौर्य प्रणाली को सबैभन्दा ठुलो ज्वालामुखी (Olympus Mons) र सबैभन्दा ठुलो Canyon ( वरिपरि डाडाले छेकेको गहिरो भाग ) Valles Marineris पनि मंगल ग्रहमा नै छ।
त्यतै, २०० माइल चौडा सौर्य प्रणाली को सबैभन्दा ठुलो Impact Crater ( उल्का खस्दा बनेको गहिरो खाल्डो ) पनि मंगल ग्रहमा नै रहेको छ।
मंगल ग्रहको सतह मा कतै कतै बढी नै चुम्बकिए क्षेत्र (strong magnetic field) पत्ता लागेको छ ।
