मनीषा कोइराला आश्रममा (तस्विर सहित)

एजेन्सी ।



कुनै बेला बलिउडमा प्रेम कथाका लागि सबै भन्दा बढी छनौटमा पर्ने मनीषा कोइराला यतिबेला भने अध्यात्मिक दिनचर्या बिताउँदैछिन् । क्यान्सर जस्तो ज्यानमारा रोगको शिकार बनेकी मनीषा पछिल्लो समयमा भने पुजा पाठ र ध्यानमा ब्यस्त छिन् ।



यसै क्रममा मनमा शान्ति खोज्दै मनीषा पाइलट बाबाको शरणमा पुगेकी छिन् । उनले पाइलट बाबाको आश्रममा १५ दिन विताउने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

९० को दशकमा भारतीय चलचित्र उद्योगमा माधुरी दीक्षितसँग तुलना हुने मनीषा अहिले भने गुमनाम जस्तै छिन् । 1942 ए लव स्टोरी बाट मनीषा सर्वोत्कृष्ठ अभिनेत्रीमा मनोनयनमा परेकी थिइन् ।

तर पछिल्लो समयमा भने मनीषा चलचित्र क्षेत्रबाट टाढा रहेर अध्यात्मिक जीवन विताउँदै आएकी छिन् ।

news and entertainment