राजेश हमाल कम्मर मर्काइमर्काइ नाचेपछि‍‍‍..

पाल्पा : चलचित्रमा अभिनयमार्फत दर्शकलाई हँसाउने, रुवाउने, नचाउने गरेका महानायक राजेश हमाललाई शनिबार पाल्पा महोत्सवमा देख्दा उपस्थित दर्शक उत्साहित भए।


हजारौं दर्शकले ताली बजाई उनलाई स्वागत गरे। राजेश पनि के कम चलचित्रका आफ्नो चर्चित संवाद बोलेर दर्शकलाई रोमाञ्चित बनाए। चलचित्रमा सुनेका संवाद महानायक हमालले आफ्नै अगाडि बोलेपछि दर्शक ताली पिट्दै राजेशलाई उत्साहित बनाएका थिए।

पाल्पा आउन पाउँदा आफूलाई खुसी लागेको बताउँदै उनले महोत्सवको दोस्रो दिन कम्मर मर्काउँदै नाचेर पाल्पालीले भरपुर मनोरञ्जन पनि दिए। उनले पाल्पाली रोइला गायक शिरीष देवकोटाको गीतमा कम्मर मर्काइमर्काइ नाचेका थिए।

पाल्पामा जन्मेका हमाल पाल्पा महोत्सवमा पहिलो पटक आएका हुन्। आफ्नो प्रस्तुतिपछि केहीबेर सञ्चारकर्मीसँग कुराकानी गर्न पनि भ्याए। कार्यक्रममा गायक शिरीष देवकोटा, गायिका कृष्णा गुरुङले समेत आआफ्नो गीत प्रस्तुत गरेका थिए।

news and entertainment