किन पुरुषहरू महिला डाक्टर देखेर लजाउँछन् ?

यौनको मामिलामा विश्व निकै उदार भैसकेको छ । तर, नेपाली समाजमा भने यौनका बारेमा खुलेर कुरा गर्ने उदारता अझैं आइसकेको छैन । यहीकारण मानिसहरू यौन रोग लागेपनि वा यौनांगमा रोग लागेपनि लुकाएर राख्ने गर्छन् । रोग जटिल भइसकेपछि मात्र अस्पताल आउने गरेका छन् । डाक्टरहरूलाई देखाउँदा पनि अर्को मानिस अगाडि छ भने खुलेर नभन्ने प्रवृत्ति छ ।
उमेर ढल्केका मानिसभन्दा तुलनात्मक रूपमा किशोर उमेरका मानिसहरू आफ्ना समस्या खुलेर भन्न थालेका छन् । तर, उनीहरूपनि अधिकांश एक्लाएक्लै आउँछन् । कसै–कसैले साथीहरूलाई लिएर आउँछन् । कसैले आमालाई लिएर आए भनेपनि आफ्नो यौनांगको समस्याबारे नभिनिदिनुस् भनेर हामीहरूलाई आग्रह गछन् । अभिभावकहरूलाई आफ्ना यौनका समस्या नभन्ने प्रवृत्ति छ ।


सचेतना बढ्यो, लजाउने प्रवृत्ति घटेन

खुलेर नआउने प्रवृत्ति भएपनि मानिसमा यौन रोगप्रति सचेतना भनेको बढेको पक्कै हो । कुनै पुरुषको बाहिर अन्य महिलासंग यौनसम्पर्क भएको रहेछ भने रोग आफ्नी श्रीमतीलाई पनि सर्ला कि भन्ने त्रास उनीहरूमा पनि हुन्छ । यस्तोमा आफैं आएर खुलेर पनि भन्ने गर्छन् । प्रायःजसो यस्तो अवस्थामा एक्लाएक्लै आउछन् । दुवै जना आएपनि हामीले एकको कुरा अर्कोलाई सुनाउदैनौ । एक्लाएक्लै परामर्श गर्छौं । एचआइभी नै भएको अवस्थामा चाहिँ एक अर्कालाई सुनाउँछौ । यौनजन्य रोगले परिवारमा झगडा ल्याउन नहुनेमा हामी पनि सचेत रहन्छौं ।


केही समयअघिसम्म पुरुषहरूले हामी महिला डाक्टरलाई देखेपछि नबोली कागजमा आफ्ना समस्या लेखेर दिने गरेका थिए । उनीहरूले कागजमा लिंग उत्तेजित नहुने, बिमिरा आउने, घाउ भएको, यतिजनासंग यौनसम्पर्क गरेको थिएँ, यस्तो समस्या आयो भनेर लेखेर दिन्थे । ती समस्या पढेपछि हामी उपचार गथ्र्यौ । तर, अहिले यो क्रमचाहिँ हटेको छ ।
पहिला–पहिला हामीले ढोकामा आएका बिरामीलाई ‘आउनुहोस्, यतै हो, नलजाउनुहोस्’ भनेर हरेक दिन भन्नुपथ्र्यो । बल्ल–बल्ल कोठामा छिरेकाहरूलाई पनि समस्या भन्न धेरैबेर लाग्ने गथ्र्यो । कति त कोठामा समेत छिर्न हिम्मत गर्दैनथे । नलजाउनुहोस् उपचार गरेपछि निको हुन्छ भनेपछि बल्ल बताउँथे ।


पुरुषहरू महिला डाक्टर देखेर लजाउँछन्
धेरै पुरुषहरू उपचारका लागि आउने हु“दा धेरैजसो पुरुषहरू मलाई देखेर लजाउने र समस्या नै भन्न नचाहने गर्छन् । उनीहरू पुरुष डाक्टर भएको कोठामा चियाउने गर्छन् । कतिपय पुरुषहरूले त महिला डाक्टर होइन पुरुष डाक्टर नै चाहिन्छ पनि भन्छन् । पुरुष डाक्टर चाहिन्छ भन्नेलाई हामीले पुरुष डाक्टरकहाँ नै पठाइदिन्छौ“ । तर सधैँभरी पुरुष डाक्टर नहुन पनि सक्छन् । त्यस्तो अवस्थामा हामीले उहा“हरूलाई परामर्श तथा रोगको बारेमा जानकारी दिन्छौं । महिलाहरू पनि त्यस्तै हुन्छन् । सकेसम्म महिला डाक्टरलाई नै खोज्छन् । कतिपयले पहिला भन्न लजाएपनि हामीले परामर्श गरेपछि र रोगको बारेमा खुलेर कुरा गर्नुहोस् भने पछि आफ्ना समस्या राख्ने गर्छन् ।
लजाउने र डराउनेलाई हामीले ‘रोग भनेको महिला वा पुरुष भनेर लाग्दैन, अन्य अंगमा हुनेरोग भन्दा यौनरोगले जटिल समस्या लिन सक्छ त्यसकारण नलजाई भन्नुहोला, हामी महिला डाक्टर भएर त उपचार गर्न लजाएका छैनौ“ तपाईंहरू किन लजाउनुहुन्छ ? के जचाउने हो ? खुलेर भन्नुहोस, रोगलाई लुकाउनु हुन्न लाज मान्नु पर्दैन भन्दै सम्झाउने गर्दछौ“ ।


कस्ता समस्या आउछन् ?

वीर अस्पतालमा आउने सबैभन्दा बढी समस्या भनेको यौनांगमा मुसा आउने र पानी बग्ने नै हुन् । २०७० वैशाखदेखि ०७० चैतसम्मको तथ्यांकमा सबै खालका यौन रोगका केश ४ सय ६५ आएकोमा बढी मुसा र पानी बग्ने समस्या नै बढी पाइएका थिए । यसबाहेक पुरुषहरूमा युरेथ्रल डिस्चार्ज सिण्ड्रोम, भाइरसले हुने हर्पिस जेनेटाइलिस, भिरंगीजस्ता समस्या आउछन् । अधिकांश मानिसहरू विदेश जाँदा स्वास्थ्य जाँच गनेृ क्रममा यौन रोग देखिएपछि आउँछन् । त्यस्तामा अधिकांशलाई भिरंगी देखिएको पाइन्छ । यो एकदम ‘साइलेन्टली’ भइरहेको हुन्छ, मानिसलाई थाहा हुन्न । यो हुँदा घाउ आएपनि दुख्ने–पोल्ने हुन्न । मानिसहरूलाई रोगले च्याप्दापनि रोग लागेको थाहा हुन्न ।
उमेर ढल्केकाहरू लिंग उत्तेजना नहुने, यौन चाहना घट्ने, शिघ्र स्खलन हुनेजस्ता समस्या लिएर आउछन् । यौनको समस्या लिएर आउनेमा साधुको रूपमा आउनेहरू भएको पनि फेला पारेका छौं । यद्यपि उनीहरूले यो कुरा स्पष्ट पार्दैनन् । त्यसैले यौन रोगले कुनै उमेर समूह भन्दैन । तर, पनि यस्तो समस्या युवाहरूमा बढी छ ।
समाजलाई यौन रोगप्रति सचेत बनाउनुपर्ने आवश्यकता छ । युवाहरूमा के सही हो र के गलत हो भन्ने सन्देश दिने खालको कार्यक्रम आमसञ्चारका माध्यममार्फत् दिनुपर्छ । अभिभावकले पनि आफ्ना छोराछोरीका समस्या बुझेर उनीहरूलाई साथीजस्तै व्यवहार गर्नुपर्छ ।


मलाई नराम्रो लाग्ने कुरा

मलाई सबैभन्दा नराम्रो लाग्ने घटनाचाहि बालिकाहरूमाथि हुने यौन दुव्र्यवहार हो । प्रायजसोः ५ देखि १० वर्षसम्मका बालिकाहरू समस्या लिएर आउछन् । तिनीहरूलाई परीक्षण गरेपछि यौन दुव्र्यवहार नै भएको पत्ता लाग्छ । प्रायःजसो यस्ता बालिकाहरू गाउँबाट आएका हुन्छन्, आमाबाबु काममा जाने, ठुलो परिवारसंग बस्ने, डेरामा एक्लै बस्ने बालिकाहरू यौन दुव्र्यवहारको शिकार हुन्छन् । उनीहरूलाई यौनसम्बन्धी कुरै केही थाहा हुन्न । यौनांगमा पिप लिएर आउछन् । पहिले केही भन्दैनन् । पछि सोध्दै जाँदा विस्तारै भन्न थाल्छन् । मान्छेले यौनांगमा चलायो, खेलायो भन्दै जादाँ चिनेको मान्छेले ‘यस्तो ग¥यो’ सम्म भन्छन् । यस्तो कुराचाहिँ मलाई सबैभन्दा नराम्रो लाग्छ । यस्तो कुरालाई कसरी नियन्त्रण गर्ने हो कुन्नी ?


पहिला अप्ठेरो भएको थियो, अहिले खुलेर कुरा गछौं



कलेजमा पढ्दा नै हामीले यौनरोगका बारेमा धेरै जानकारी लिएको भएपनि प्रत्यक्ष बिरामीको उपचार गर्नुपर्दा सुरुमा केही अप्ठेरो लागेको थियो । तर बिरामीको उपचार गर्नु नै हाम्रो पेशा भएकाले पछि त्यस्तो केही लागेन । अहिले त हामी जो बिरामी आएपनि यौनरोगका बारेमा खुलेर कुरा गरी उपचार गर्छौ । महिला भएर पुरुषहरूको यौनसमस्याका बारेमा उपचार गनुपर्दा मलाई कुनै लाज छैन । अन्य रोगभन्दा अझ यौनरोग बढी संवेदनशिल छ त्यसकारण उनीहरूको समस्या समाधान गर्नु मेरो पेशा भएकाले डराउनु र लजाउनु पर्ने अवस्था नै छैन । डाक्टर नै लजाउने र डराउने भयो भने कसरी उपचार हुन्छ र ?

news and entertainment