धुर्मुस र सुन्तली माथि सरकारको यस्तो निर्णय


Durmus-suntali
फिल्म क्षेत्रको विशिष्ट निकाय चलचित्र बिकास बोर्डको नयाँ नेतृत्वका लागि सरकारले आज जे निर्णय गर्ला भनिएको थियो त्यसो नगर्दै धुर्मुस र सुन्तली माथि एक प्रसंनसनीय निर्णय गरेको छ ।
बिहिवार बसेको मन्त्री परिषदको बैठकले कमेडी स्टार सिताराम कट्टेल र उनकी श्रीमती समेत रहेकी कलाकार कुञ्जना घिमिरेलाई सरसफाई दूतका रुपमा नियुक्त गरेको हो ।  दूत नियुक्त भएसंगै उनीहरुले देश दौडाहा गर्दै सरकारको सरसफाई अभियानमा साथ दिने छन् । सरकारले आउँदो २ बर्ष भित्र नेपाललाई सरसफाई युक्त देश घोषणा गर्ने लक्ष्य  लिएको छ जस अनुरुप धुर्मुस र सुन्तलीलाई सरसफाई दूतका रुपमा  छनौट गरिएको  हो ।
‘मन्त्रीपरिषदको बैठकबाटै कलाकारका लागि यस्तो राम्रो निर्णय भएकोमा हामी खुशी मात्र हैन तीन छक्क परेका छौ । ‘ मेरी बास्सैको सुटिङमा ब्यस्त रहेका बेला धुर्मुसले न्युज फिल्मीसंगको फोन सम्बादमा भनेका छन् । उनले राज्यको तर्फबाट गरिएको यस किसिमको विश्वास र सम्मानलाई सार्थक बनाउँन कुनै कसुर नराख्ने बाँचा समेत गरेका छन् ।
यस्तै आजको क्याविनेट मिटिङले झण्डै १५ दिन देखि रिक्त रहेको चलचित्र बिकास बोर्डको अध्यक्षको कुर्सीमा नयाँ ब्यक्ति नियुक्त गर्ने निर्णयलाई पुनः छाडेको छ । बोर्ड अध्यक्षको दौडमा प्रधानमन्त्री सुशिल कोइरालाका तर्फबाट जनार्दन आचार्यको नाम सिफारिस भएको छ भने सञ्चारमन्त्री डा. मीनेन्द रिजालले चाँहि फिल्म विद्यामा सग्लन भएका ब्यक्तिलाई बोर्ड पठाउँने कसरत गरेको बुझिएको छ ।
सम्भावनालाई हेर्ने हो भने विभिन्न पक्षबाट निर्माता राजकुमार राईलाई बोर्ड अध्यक्ष बनाउँन पहल भईरहेको छ । तर यो बिषयमा नेकपा एमालेको तर्फबाट समेत केही अडानहरु बाहिरिएकाले बोर्ड अध्यक्षको बिषयमा तत्काल निर्णय गर्न नसकिएको सुत्रको दावी छ ।

news and entertainment