यस्तो सेक्सले उमेर र अनुहारको सुन्दरता बढाउँछ
स्कटल्याण्डस्थित रोयल एडिनबर्ग अस्पतालका शोधकर्ताहरुका अनुसार युवा देखिनका लागि त न कुनै कृतिम श्रेङ्गार आवश्यक छ न त कुनै क्रिम, फेसियल वा माइश्चराइजरको । उनीहरुका अनुसार अनुहारमा निखार ल्याउनका लागि कस्मेटिक प्रयोग गर्नुको सट्टा सेक्स गर्नु आवश्यक छ।
शोधकर्ताहरुले यस विषयमा एउटा दिशानिर्देशन पनि गरेका छन्। त्यो हो प्रेमपूर्ण आलिंगन, चुम्बन, एकनिष्ठ सेक्स अर्थात श्रीमतीसँग मात्र सेक्स गर्दा यसबाट आफूले चाहेको परिणाम प्राप्त हुने गर्दछ । किनभने एकतर्फ यताउता गएर यौन रोगबाट संक्रमित हुने खतरा रहँदैन भने अर्कोतर्फ कुनै पूर्वतयारी गरिएको सेक्सले तनाव मेटाउने गर्दछ ।
यसका साथै लुकेर डराएर गरिने सेक्सले त्रास र भय बढाउने गर्दछ । जसले मानसिक तथा शारीरिक रुपमा स्वास्थ्यमा खराब असर पार्दछ । परिणमतः बुढो हुने प्रक्रिया तिब्र रुपमा बढ्दछ । त्यसैले भयमुक्त सेक्स क्रिया आवश्यक छ त्यो श्रीमतीसँग मात्र सम्भव रहेको अध्ययनको ठहर छ ।एजेन्सी
