फाल्गुन २४ गते शाहरुख खान नेपाल आउने पक्का
बलिउडका किगं भनेर समेत चिनिएका अभिनेता शाहरुख खान आगामी फागुन २४ गते नेपाल आउने पक्का भएको छ। कान्साई न्यारोल्याक पेन्टस् का ब्राड एम्बेसडर रहेका खान त्यसकै पहलमा नेपाल आउनलागेका हुन् । शाहरुखलाई कान्साई न्यारोल्याक पेन्ट्सले नेपाल झिकाउने तयारी एक बर्ष देखि गर्दै आएको थियो ।
शाहरुखको सम्पूर्ण सुरक्षा ब्यवस्था भारतीय राजदुतावासले गर्ने छ । तर उनको कार्यक्रम सर्वसाधारणका लागि हुने छैन् । टिकट ब्यवस्था गर्दा फ्यान फलोअरलाई थेग्न नसकिने भएकाले विशिष्ट बर्गका सेलिब्रेटी, पत्रकार एवं ब्यवसायीहरुका लागि मात्र शाहरुखको कार्यक्रम तय गरिएको छ ।
उनि आफ्नो चार्टड विमानमार्फत ११ बजे बिहान काठमाण्डौं आउने छन् र सोही राति कार्यक्रममा सहभागी भएर भोलि पल्ट मुम्बई फर्किनेछन् । सुरक्षा चुनौतिका कारण सर्वसाधारणको लागि कार्यक्रम नराखिएको जानकारी आयोजकले दिएको छ।
