राजतन्त्र नरहेपनि प्रथम प्रहरको पूजा पूर्वराजाले गरे, पशुपतिमा ज्ञानेन्द्रको जयजयकार

मंगलबार, फाल्गुण ५,
राष्ट्रपति डा. रामवरण यादव र 

प्रधानमन्त्री सुशील कोइरालापछि पूर्वराजा


 ज्ञानेन्द्र शाहले पशुपतिनाथ मन्दिर पुगेर 

पूजाअर्जना गरेका छन । मंगलबार साँझ ७ 
बजे उनी पशुपति नाथ मन्दिरमा पुगेका हुन ।





राजतन्त्रकालमा जस्तै रात्रीकालिन पूजा ( प्रथम प्रहर) को सुरुवात ज्ञानेन्द्र शाहले गरेका छन ।



स्वस्फूर्त रुपमा सर्वसाधारणहरु राजतन्त्रको पक्षमा नारावाजीमा उत्रिएका थिए । पूर्वराजा ज्ञानेन्द्र पशुपतिनाथ मन्दिर परिसरमा पुग्दा सर्वसाधारणले जयजयकार गरेका थिए । ‘हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्ने जस्ता नारा उनीहरुले लगाएका थिए ।

राष्ट्रपति र प्रधानमन्त्रीलाई जस्तै पूर्वराजाको सुरक्षामा पनि विशेष ध्यान पुर्याइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विगतको वर्षहरुमा पूर्वरानी कोमलसंगै पशुपति नाथ मन्दिर गएपछि यसपल्ट भने उनी एक्लै गए ।

news and entertainment