प्रचण्ड-ओली आक्रामक र कोइराला चुप हुनुको रहस्य के हो
प्रयास पराजुली । काठमाडौं ।
संविधान निर्माण हुनु अघि र संविधान घोषपछि भएको विजय सभामा एकताबद्ध भएर प्रस्तुत भएका प्रमुख तीन दल कांग्रेस एमाले र एमाओवादीको सम्बन्धमा भारतीय नाकाबन्दीको विषयलाई लिएर फाटो आउन थालेको छ । संविधान घोषणा भएपनि एकताबद्ध भएर प्रस्तुत भएका प्रधानमन्त्री एंव कांग्रेसका सभापति सुशील कोइरालाले नाकाबन्दी खोल्ने विषयमा कुनै पहल गरेका छैनन ।
मोदीको इगो र धरापमा ओलीको सिंहदरवार यात्राः ओलीलाई यसरी रोक्दैछ भाारत !
एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भारतले गरेको नाकाबन्दीको विषयमा एकताबद्ध भएर प्रतिवाद गरिरहेका छन् । भारतले पाँच दिन अघि सुरु गरेको अघोषित नाकाबन्दीको कारणले जनजीवन अस्तव्यवस्त हुँदा समेत प्रधानमन्त्री कोइरालालाई कुनै चासो देखाएका छैनन् । यता एमाले अध्यक्ष ओली र एमाओवादीका अध्यक्ष प्रचण्ड भने कडा रुपमा प्रस्तुत हुने यस पटक भारतसँग नुझक्ने प्रतिबद्धता दोहोर्याउँदै आएका छन् ।
भारतको विरुद्ध प्रचण्ड–ओली तातिए
संविधान घोषणा हुने मिति तय भएपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष दुतको रुपमा विदेश सचिव एस.जयशंकरलाई नेपाल पठाए । जयशकंरले प्रधानमन्त्री कोइराला, एमाले अध्यक्ष ओली, एमाओवादी अध्यक्ष प्रचण्डलाई निवासमै भेटेर संविधान निर्माण प्रक्रिया रोक्न दबाब दिए । वालकोटमा ओलीले जयशकंरलाई नेपालको आन्तरिक मामिलामा हस्ताक्षप नगर्न भन्दै प्रतिवाद गरे ।
oli jay shankar
जयशकंरले प्रचण्डसँग पनि सोही प्रस्ताव राखे तर प्रचण्डले अस्वीकार गदै भ्रमण नै अनुकूल समयमा भएको भन्ने जवाफ दिएपछि मोदीको प्लान फेल भयो । मोदीले तीन दलको विरुद्ध एक महिना अघि नै मधेसवादी दहरुलाई जबरजस्ती आन्दोलनमा हेलेका थिए । मधेसवादी दलहरुले पनि मधेसको मुद्दाको नाममा भारतकै मुद्दा बोकेपछि भारतलाई सजिलो भयो ।
भारतीय पत्रकारको आग्रह- मोदी ! अमेरिका होइन नेपाल र पाकिस्तान हेर
संविधान घोषणा भएपछि भारतीय दुतावासले निकालेको विज्ञप्तीले संविधानसभा मार्फत घोषणा भएको संविधानलाई स्वीकार गरेन । आन्दोलतर दलहरुको माग सम्बोधन गरेर संविधान जारी गर्ने निर्देशनको शैलीमा विज्ञप्ती जारी गर्यो । जुन विज्ञप्तीले प्रमुख राजनीतिक दलहरुलाई आक्रोशित बनायो । संविधान घोषणा हुनु अघि नै ओली र जयशकंरको बीचमा सम्बन्ध विग्रिएको थियो । ओलीले त्यसपछि पनि भारतले संविधानसभाबाट जारी गरेको संविधानमाथि मन दुखाउनु पर्ने ठाउँ नरहेको भन्दै प्रतिवाद गरे ।
prachanda with jay shankar
ओलीले लगातार रुपमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा भारतको विरोध गरिरहे । जसको कारण भारत ओलीप्रति अहिलेसम्म आइपुग्दा निकै नकारात्म बनेको छ । ओलीले आफनो विशेष दुतको रुपमा सचिव प्रदिप ज्ञवालीलाई पठाउदा समेत भारत त्यति सकारात्मक हुन सकेन । पछिल्लो समयमा प्रचण्डले सैनिक मञ्च टुडिखेलमा भारतको विरुद्ध दिएको अभिव्यक्तिले भारतलाई निकै झस्का पसेको छ । हामी भारतको एस म्यान हुन चाहदैनो भनेको पर्सी पल्टबाट भारतले अघोषित रुपमा गरेको नाकाबन्दी अझै कामयै छ । त्यसपछि प्रचण्डले भारतले नाकाबन्द गरे साइकल चढिन्छ भनेर भारतलाई थप चुनौती दिए । भारतप्रति प्रचण्ड र ओली अहिलेसम्म सुरुका दिनदेखि लिएका अडान फेरेका छैनन । भारतिय दादागिरीको विरुद्ध यस पटक नझुक्ने प्रतिबद्धता ओली प्रचण्डले जनाएको छ । भारतले दुःख दिने योजना देखेपछि ओली र प्रचण्डले छिमेकी देश चीनबाट आवश्यक सामग्री ल्याउने विषयमा छलफल चलाएका छन् ।
सुस्ताए प्रधानमन्त्री कोइराला
संविधान घोषणा भएलगत्तै भारतले नाकाबन्दी गरेपनि प्रधामन्त्री सुशील कोइरालाले कुनै प्रतिक्रिया दिएका छैनन र कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् । जनताले दुःख र सास्ती पाउदा देशका कार्यकारी प्रधानमन्त्री वालुटारबाट केही सन्देश दिन सकिरहेका छैनन् । देशको अवस्था हुेर्दा सरकार नै नभएकोजस्ता महशुस गर्दा समेत प्रधामन्त्री कोइरालाले एउटा विज्ञप्ती समेत जारी गरेर जनतालाई आश्वस्त पार्न सकेका छैनन् । यति मात्र होइन कांग्रेसका नेता र कांग्रेसबाट मन्त्री भएका नेताहरुले समेत भारतको विरुद्ध कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।
चिनियाँ राष्ट्रपतिको भारतलाई सन्देश- नेपाललाई नहेप (भिडियो सहित)
वालुटार स्रोतका अनुसार प्रधानमन्त्री सुशील कोइरालाको संयुक्त राष्ट्रसंघमा जाने भ्रमण पनि भारतकै कारण रोकिएको हो । देशमा संविधान जारी भएपछि आन्दोलन जारी भइरहेको अवस्थामा एमाओवादी र एमालेले गरेको आग्रह वेवास्था गर्दै अमेरिका जान तम्सिएका प्रधानमन्त्री कोइराला अन्तिममा आएर नजाने बताएका थिए । यतिसम्म कि प्रधानमन्त्री नेतृत्वको टोली नै भ्रमणमा जानको लागि टिकट समेत तयार भएको थियो । प्रधामन्त्रीले महासभामा भाग लिने क्रममा भारतको विरोध हुने त्रासको कारणले भारतले कोइरालाको भ्रमण नै स्थगित गरेको बुझिएको छ ।
PM Sushil Koirala muskan
भ्रमण स्थगित गरेर बसेपनि प्रधानमन्त्री कोइरालाले आन्दोलतर दलहरुसँग सार्थक वार्ता गर्न सकेका छैनन । वार्ताको लागि अग्रसरता देखाउदा पनि आन्दोलरत दलहरुले वेवास्था गरेपछि तीन दलका नेताहरुले तीन नेताको वार्ता टोली बनाएर वार्ता प्रक्रिया अगाडि बढाएको छ । ४६ दिन देखिको तराई मधेसको आन्दोलन र पाँच दिन देखिको भारतको नाकाबन्दीले देश संकटमा परेको बेला प्रधानमन्त्रीले केही पनि नबोल्नु र केही पनि कदम अगाडि नसार्नुले कतै प्रधानमन्त्री कोइराला पनि भारतकै निर्देशनमा चलेका त होइनन भन्ने प्रश्न उठेको छ । प्रधानमन्त्री बन्ने बेलासम्म भारतसँगको सम्बन्ध राम्रो नरहेको चर्चा चलिरहेका कोइरालाले प्रधानमन्त्री बनेको केही महिनापछि विना प्रसंग सुस्ता भारतमा पर्छ भनेर विवादास्पद अभिव्यक्ति दिएका थिए । व्यवस्थापिका संसदमा जवाफ चर्को विरोध भएपनि कुनै जवाफ नदिई प्रधानमन्त्री कोइराला पन्छिएका थिए ।
