युवाहरु उठ्न थाले भारतीय हस्तक्षेप विरुद्ध भृकूटीमण्डप स्वतस्फूर्त प्रदर्शन

काठमाडौं । नेपालको आन्तरिक मामलामा छिमेकी राष्ट्र भारतले अनावश्यक हस्तक्षेप गरेको भन्दै सामाजिक संजालमार्फत बिहिवार काठमाडौंको भृकूटीमण्डपमा युवाहरुले स्वतस्फूर्त प्रदर्शन गरेका छन् ।

बुधबार नेपालका नाकाहरुमा भारतले नाकाबन्दी लगाएको भन्दै सामाजिक संजालहरुमा चर्को विरोध भएको थियो । सोही संजाल मार्फत केही स्वतन्त्र युवा तथा विभिन्न राजनीतिक पार्टीसम्बद्ध युवाहरुले बिहिवार विहान विरोध स्वरुप प्रदर्शन कार्यक्रमको आयोजना गरेका थिए । ‘व्याकअप इण्डिया’ लेखेको प्लेकार्ड छातिमा टाँसेर ‘आन्तरिक मामला हल गरौं, भारतीय हस्तक्षेपको विरोध गरौं’ भन्ने नारा समेत लगायका थिए ।
कार्यक्रममा बैद्य नेतृत्वको माओवादीका युवा नेता लेखनाथ न्यौपाने, एमालेसम्बद्ध विद्यार्थी नेता राजकूमार राई, एमाओवादी सम्बद्ध विद्यार्थी नेता रंजित तामाङ, बैद्य माओवादीसम्बद्ध विद्यार्थी नेता विरेन्द्र वस्नेत लगायतले भारतीय हस्तक्षेप स्विकार्य नहुने बताएका थिए ।
ती युवाहरुले आन्तरिक मामला आफै हल गर्ने तर भारतीय हस्तक्षेप अस्विकार्य हुने बताएका थिए । कार्यक्रम सामाजिक संजालमा आव्हान गरिएको थियो ।

,

news and entertainment