नाकाबन्दी खुलाउन अमेरिकामै मोदीलाई प्रचण्डको फोन ..के भयो कुरा पढौ
काठमाडौं, असोज १० । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले भारतबाट सीमा नाकामा भएको अघोषित नाकाबन्दी खुलाउने आग्रह गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवादको प्रयास गरेका छन् । यद्यपि संयुक्त राष्ट्रसंघको महासभासमा भाग लिने क्रममा अमेरिकामा रहेका मोदीले प्रचण्डले फोनको ‘रेस्पोन्स’ नगरेको बताइएको छ ।
करिब एक वर्षपछि बसेको केन्द्रीय समितिको बैठकमा आफ्नो प्रयासबारे जानकारी गराउँदै दाहालले सम्पर्कमा आएका व्यक्तिले नाकाबन्दी ‘चाँडै अन्त्य हुने’ आश्वासन दिएको बताएका थिए ।
बैठकमा सहभागी एक नेताका अनुसार दाहालले कूटनीतिक संवादहरुमा भारतले सीमा क्षेत्रमा देखिएको समस्या चाँडै हल गर्ने प्रतिवद्धता जनाउने गरेको तर प्रतिवद्धताअनुसार काम नभइरहेको बताएका थिए ।
