भारतीय पक्षमा बोल्ने सञ्चारमन्त्री रिजालविरुद्ध युवा संघ खनियो
काठमाडौं, १३ असोज । एमालेको भातृसंगठन युवा संघ नेपालले सञ्चारमन्त्री मीनेन्द्र रिजालले भारतले नाकाबन्दी नगरेको भनेर दिएको अभिव्यक्तिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
युवा संघका प्रवक्ता प्रभाव कटवालले आज (बुधबार) विज्ञप्ति जारी गरे भारतको अघोषित नाकाबन्दीले नेपाली जनताले कष्टकर जीवन विताउन परेको भन्दै त्यसको अलिकति पनि हेक्का नराखी सञ्चार मन्त्रीको अभिव्यक्तिले सम्पूर्ण देशभक्त नेपालीको मन दुःखाएको बताउनुभएको छ ।
मधेसी आन्दोलनकारीहरूलाई भारतको भूमि प्रयोग गर्न भारतले दिएको जनाएको युवा संघ नेपालले भारतीय भूमिबाट नेपालका सूरक्षाकर्मीहरूलाई ढुंगामुढा प्रहार भएकोमा विरोध गरेको छ ।
‘भारती सुरक्षाहरूकर्मी दर्शकको रुपमा ताली बजाइरेहका छन्’, युवा संघले भनेको छ, ‘नेपाली सवारी साधनलाई ४५ दिनदेखि नाकामा बाटो अबरुद्ध गरेर नाकाबन्दी गरिएको छ ।’
मन्त्री रिजालले भारतको पक्षलिइ भारतीय टिभी च्यान नदेखाउने केबुल सञ्चालकहरूलाई स्पष्टीकरण सोधेकोमा पनि युवा संघले रिजालको बिरोध गरेको छ । युवा संघ नेपालले नेपालमा देखाइने सबै भारतीय च्यानलहरू सरकारी तवरबाटै बन्द गर्न पनि माग गरेको छ ।
