नायिकाले सबै खोलिदिएपछि निर्मातालाई टेन्सन
काठमाडौं । झेली नामक चलचित्रबाट नेपाली रजतपटमा देखिएकी नायिका सुरविना कार्की अझै पनि गुमनाम नै छिन् । त्यसपछि अर्यानसँग नाइकेमा देखा परे पनि उनीमाथि न दर्शकको नजर पर्न सक्यो न त निर्माता निर्देशककै । त्यसैले आफ्नो पब्लिसिटीका लागि उनले अर्कै विकल्प अपनाएकी छिन् । काम नपाएपछि निस्केको फुर्सदको समय सदुपयोग स्वरुप उनले आफ्ना आकर्षक फोटोहरु सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्दै सयौं लाइक्सहरु बटुल्नुलाई दैनिकी बनाइरहेकी छिन् । फोटो हेरेर आउँने लाइक्स र कमेन्टलाई आफ्नो अमूल्य कमाइ सम्झेर सुरविना दंग हुँदै आएकी छिन् ।
