बुहारीले एक लाखमा सासूआमा बेचेको खुलासा


September 16, 2015


३० भदौ । भारतको नयाँदिल्लीस्थित साउदी दूतावासका कर्मचारीद्वारा बन्धक बनाएर बलात्कार गरिएका नेपाली महिलालाई आफ्नै बुहारीले बिक्री गरेको खुलेको छ ।

प्रहरीले मंगलबार एक लाखमा बिक्री गर्ने कल्पना परियारलाई पक्राउ गरेको छ । परियार बलात्कारमा परेकी एक ५० वषिर्या महिलाकी आफ्नै बुहारी हुन् ।


साउदी अरबमा आकर्षक तलबमा हाउसमेडको जागिर लगाइदिने भन्दै परियारले आफ्नै सासुआमा र अर्की एक महिलालाई साउदी दूतावासका कर्मचारीलाई बिक्री गरेकी थिइन् ।
purbelinews

,

news and entertainment