नेपालमा काटेको कपाल भारत हुँदै विदेश
१६ जेठ, काठमाडौं । नेपालमा काटिने कपाल महँगो मूल्यमा विदेशमा बिक्री हुने गरेको छ। महिला तथा पुरुषको काटिएर फालिएको कपाल पार्लर तथा सैलुन व्यवसायीले जम्मा गरेर बेच्दै आएका छन्।
भाटभटेनीमा लक्ष्मी हेयर एन्ड व्युटी स्टुडियो चलाइरहेका लक्ष्मी ठाकुरले कपाल विदेश निकासी हुने जानकारी दिए। उनका अनुसार भारतबाट आएका व्यवसायीले कपाल संकलन गरेर लैजान्छन्। काठमाडौंमा भारतीय व्यापारी समुहले कपाल संकल गर्ने गरेको नागरिक दैनिकमा खबर छ ।
उनीहरुले अहिले चार इन्चदेखि माथिको कपाल मात्र संकल गर्ने गरेको व्यवसायी बताउँछन्।विदेशमा भने त्यो भन्दा छोटो कपाल पनि बिक्ने गरेको छ । संकलन गरेको कपाल झोला र पोकामा भारत पुग्ने गरेकाले निकासी तथ्यांक भने उपलब्ध छैन्। कपाल संकलन गरेर भारत हुँदै युरोपसम्म पुर्याउने हेयर स्टोरी पार्लर काठमाडौं मलका विपीन ठाकुरले जानकारी दिए।
भारतमा कपालको राम्रो व्यापार हुने भएकाले भारतीय व्यापारी नेपाल अाएर कपाल संकलन गरी लिएर जाने गरेको ठाकुरको भनार्इ छ ।
नेपालमा भने चीनबाट कपाल ल्याइने अर्का व्यवसायी पप्पु शाह बताउँछन्। दिनमा समान्यतयः पाँचदेखि सात हजार पिस बिक्रि हुन्छ, एक पिस कपालको मूल्य ३० देखि ४० रुपैयाँसम्म पर्छ।