भारतीय भूमिबाट ढुंगामुढा गर्नेलाई केही गर्न सक्दैनौं : राजदूत राय
१३ असोज, काठमाडौं । भारतीय राजदूत रणजीत रायले दशगजा क्षेत्रको भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा भएको स्वीकार गरेका छन् ।
भारतीय राजदूतले यो राजनीतिक समस्या भएकाले राजनीतिक रुपमा समाधान खोज्नु पर्ने बताए । ‘नो म्यान ल्याण्ड’मा हुने प्रदर्शनमा भारतीय सुरक्षाकर्मीले केही गर्न नसक्ने बताउँदै राजदूत रायले भने-मुठभेड हुनु उचित होइन । जुन मुख्य समस्या छ, त्यसलाई समाधान गर्यो भने यो इश्यु चाँडै समाधान हुन्छ ।’
दलहरु र आन्दोलनकारी पक्षबीच सुरु भएको वार्तालाई सकारात्मक भन्दै भारतीय राजदूत रायले भने-२/४ दिन कति लाग्छ त म भन्न सक्दिँन । तर, यो चाँडै समाधान हुनेमा म विश्वस्त छु ।’
भारतसँग सीमा जोडिएको नेपालको क्षेत्रमा भएको आन्दोलनकै कारण आपूर्ति रोकिएको उनले जिकिर गरे । राजदूत रायले भने-‘जहाँ जहाँ समस्या छैन, त्यहाँबाट सामान आइरहेको छ ।
