दसैैं र तिहारको बहानामा सामान लिन आउनेलाई आगो लगाईदिन्छौं:-महतो
असोज ९, काठमाडौं । आन्दोलनरत मधेस केन्द्रित
दललेनेपालीको ठुला दुई चाड दसैं र तिहारमा समेत
भारतबाट कुनैपनि दैनिक उपभोग्य बस्तु आयात गर्न
नदिने चेतावनी दिएका छन् । साथै दसैैं र तिहारको
बहानामा सामान लिन आउनेलाई आगो लगाईने समेत
धम्की दिएका छन् ।
तिहार जे सुकै आएपनि कुनै पनि सामान आयात हुन
नदिन बताएका छन् । महतोले तराई–मधेसका जनताका
लागि दसैं र तिहारभन्दा आफ्नो अधिकार ठूलो
भएको बताए ।
शनिबारबाट महतोले मुख्य भन्सार नाका वीरगञ्जमा
भइरहेको नाकाबन्दीको नेतृत्व आफूले लिँदै छन् । प्रमुख
दलले माग सम्बोधन नगरेसम्म नाकामै बस्ने र नाकामै
खाने बताए । sajhasabal
