डाक्टरले निकाले महिलाको पेटबाट ३५ किलोको ट्युमर
September
पंजाव । पंजावको लुधियाना स्थित ओसवाल अस्पिटलमा एक महिलाको पेटबाट ३५ बिलोको ट्युमल निकालिएको छ । ट्युमर निकालेपछि अहिले ती महिलाको स्वस्थ्यस्थिती ठीक रहेको डाक्टरले बताएका छन् । पेटमा ३५ किलोको ट्युमरले यी महिला हैरान भएकी थिईन् । उनी राम्रोसँग हिडडुल गर्न नसक्ने भएपछि हस्पिटल भर्ना भएकी थिईन् ।
लुधियानाकी ५० बर्षिय नीलम रानीको पेट ६ महिना अगाडिदेखि अकास्मात बढ्न थालेको थियो । पछिल्लो समय उनी बसेपछि उठ्न नसक्ने भएकी थिईन् । उनलाई उठाउन परिवारका तीन चार जनाले लाईमेली गर्नुपर्ने भएको थियो ।
नीलम भन्छिन् ‘६ महिना अगाडिदेखि पेट असाध्यै दुख्न थालेको थियो । डाक्टरले अपरेशन गर्नुपर्छ भनेपछि पैसाको जोहो गर्न नसकेर मैले अपरेशन गर्न सकिरहेको थिईन । अहिले ओसवाल हस्पिटलको सहयोगले मैले अपरेशन गरेको हुँ । अहिले मेरो स्वास्थ्य ठीक छ ।’
onlinechautari
