अमेरिकाबाटै चिनियाँ राष्ट्रपति पिङले भने– ‘हामी छिमेकीलाई भोकै मर्न दिँदैनौं’
आइतबार, १० असोज
न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ७०औँ महासभामा नेपाली प्रतिनिधिमण्डलका नेता उपप्रधानमन्त्री प्रकाशमान सिंहले दक्षिण–दक्षिण सहयोगलाई गतिशील तुल्याउन स्रोत र साधनको परिचालनसँगै संस्थागत एवम् नीतिगत उपाय अपनाउनुपर्नेमा जोड दिएका छन् ।
चीनका राष्ट्रपति सी जिन पिङ र राष्ट्र सङ्घद्वारा संयुक्त रुपमा आयोजित ‘सन् २०१५ पछिका विकासका रुपरेखामा दक्षिण–दक्षिण सहयोग सुदृढीकरण’ विषयको बैठकमा नेता सिंहले विकासशील एवम्
उनले राष्ट्रपति पिङसँग संविधान जारी पछिको नेपालको अवस्था बारे जानकारी गराएका थिए । चिनियाँ प्रतिनिधिमण्डलले नेपालको समस्या समाधान गर्न आफुहरु प्रयत्नशील रहेको बताए ।
राष्ट्रपति पिङले नेपालमा आइपर्ने समस्या समाधान गर्न चीन सधैं तयार रहेको बताएका थिए । बैठकमा राष्ट्र सङ्घका महासचिव बान कि– मुनलगायत ७०औँ महासभामा भाग लिने सिलसिलामा यहाँ रहेका विश्वका विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको सहभागिता थियो ।
यसैबीच परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे विश्वव्यापी साझेदारीलाई पुनर्जीवित तुल्याउँदै विकासका प्रतिफल जनसमक्ष लाने सम्बन्धी संवादमूलक वार्तामा सहभागी भएका छन् ।
त्यस अवसरमा उनले विकासको प्रतिफल प्राप्तिबाट कुनै पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने सुनिश्चितताका लागि विश्वव्यापी साझेदारीका साथै अन्य उपलब्ध साझेदारीका निम्ति अथक प्रयासको खाँचो औँल्याए ।
