मधेसमा बाबुरामको ‘सेफ ल्याण्डिङ’, पहिलो भाषणमै मधेसी समुदायलाई यसरी उक्साए
काठमाडौं, १२ असोज । एकीकृत नेकपा माओवादी पार्टी परित्याग गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मधेसमा ‘सेफ ल्याण्डिङ’ गरेका छन् । माओवादी पार्टी छोडेपछि बाबुराम पहिलोपटक मंगलबार मधेसको सहर जनकपुर पुगेका हुन् ।
Baburam-Bhattarai (1)त्यसलगत्तै उनले पहाडी शासकले मधेसलाई सधै धोका दिएको आरोप लगाए । उनले आफूमाथि पनि अविश्वास भएको बताउँदै पार्टी र संसद्बाट राजीनामा दिएर मधेसी दाजूभाईलाई सहयोग गर्न आएको बताए ।
४५ दिनदेखि मधेसमा भइरहेको आन्दोलनलाई वार्ताबाट समाधान खोज्नुपर्ने बताउँदै उनले मधेसका मुद्दालाई सम्बोधन गर्नका लागि संविधान जारी गर्नुभन्दा पहिले पनि आफूले धेरै पहल गरेको तर, तीनै दलका शीर्ष नेताहरुलाई पटकपटक आग्रह गर्दा पनि कसैले कुरा नसुनेको गुनासो गरे ।
संविधानमा मतदानअघि नै मधेससँग वार्ता गरेर समाधान खोज्न पार्टी अध्यक्ष प्रचण्डलार्इ अनुरोध गरे पनि नमानेको उनको आरोप छ ।यसअघि मधेसी मोर्चाको विरोधका कारण शुक्रबार जनकपुर जाने बाबुरामको कार्यक्रम स्थगित भएको थियो ।
