फिचर,
समाचार
»
तेलमा नाकाबन्दी लगाउन खोज्दा विश्वभर विरोध, २४ घण्टामा यसरी असफल भयो भारत
तेलमा नाकाबन्दी लगाउन खोज्दा विश्वभर विरोध, २४ घण्टामा यसरी असफल भयो भारत
काठमाडौं । रक्सौल नाकामा रोकीएका नेपाल आयल निगमका ट्यांकर छुटेका छन् । भारतीय भन्सारका अधिकारीहरुले माथिको आदेश भन्दै नोलको सीमा नाका रक्सौलमा नेपाल आयल निगमका तेल बोकेका ट्यांकर रोकीएको थियो ।भारतीय सरकारले नेपालमा भैरहेको आपुर्ति व्यवस्था प्रभावित पर्न सक्ने आशय
सहितको विज्ञप्ती जारी गरेको २४ घण्टा वित्न नपाउँदै ती ट्यांकर रोकीएका थिए ।रक्सौल भन्सार कार्यालयले नेपाली गाडीहरुमाथि चेकजाँच निकै कडा पारेको थियो । यस अघि सामान्य कागज पत्र र नम्वर प्लेटको नम्बर दर्ता गराउँदा मात्र छुट्ने गरेका ती ट्यांकरलाई विभिन्न बहाना वनाएर रोकीएको थियो ।भारतले यस्तो काम थालेसँगै विश्वभर भारतले गरेको यो कामको विरोध भएको थियो । सामाजिक सञ्जाल ट्विटरमा पनि यो विषय विश्वभर तेस्रो स्थानमा पुगेको थियो ।अहिले रोकीएका सबै ट्यांकर छुटीसकेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । भारतले संविधान लेखन प्रकृया प्रति असन्तुष्टी जनाउँदै नेपालमा नाकाबन्दी हुनसक्ने चेतावनी विज्ञप्ती मार्फत दिएको थियो ।