भारतले रोक्यो २३ पेट्रोल ट्याङ्कर, नाकाबन्दी छैन


काठमाडौं— नेपालमा संविधान निर्माण हुँदा असन्तुष्ट बनेको भारतले प्रतिशोधस्वरुप पेट्रोलियम पदार्थको आपूर्ति रोकेको छ। पेट्रोलियम पदार्थ बोकेर नेपाल प्रवेश गर्न लागेका २३ पेट्रोल ट्याङ्कर सुरक्षाको कारण देखाउँदै रक्सौल नाकामा रोकिएका हुन्।









'भन्सार अधिकारीले माथिको आदेश भनेर ट्याङ्कार रोकेका छन्', आयाल निगम अमलेखगञ्ज डिपो स्रोतले नागरिकन्युजसँग भन्यो, 'सधैँ पूरा गर्ने प्रक्रिया पूरा गर्दा भन्सार अधिकारीले ट्याङ्कर छोड्न मानेनन्। माथिल्लो तहमा कुरा गर्नुहोस् भन्ने जवाफ दिएका छन्। हामी कुराकानी गरिरहेका छौं।'

आपूर्ति रोकिएको बारे बुझ्न खोज्दा भारतीय दूतावासका प्रथम सचिव अभयकुमारले मोबाइल फोन उठाएनन्। निगम स्रोतका अनुसार ट्याङ्कर छुटाउन निगमका अधिकारी भन्सार पुगेका छन्।

नेपाली जनताद्वारा निर्वाचित संविधान सभाले अत्यधिक बहुमतले संविधान निर्माण गर्दा भारत असन्तुष्ट बनेको हो। संविधान बनेको जस आफूले पाउने स्थिति नहुँदा दक्षिणी छिमेकीले राजनीतिक चलखेल तीव्र पारेको विश्वास गरिएको छ।

'हामीले नेपालको राजनीतिक नेतृत्वलाई यी क्षेत्रमा जारी तनाव अन्त्य गर्न तुरुन्त पहलकदमी लिनका लागि पटक पटक सजग गराउँदै आएका थियौं समयमै त्यसो गरिएको भए यस्तो स्थिति आउने थिएन', भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको थियो।

नाकाबन्दी छैन

भारतसँग भन्सार जडिएका क्षेत्रबाट नागरिकन्युज संवाददाताहरुले जनाएअनुसार पेट्रोलियम पदार्थ लगायतका अन्य सामग्रीको अापूर्ति रोकिएको छैन। वीरगञ्ज स्थित नागरिकन्युजकर्मी रितेश त्रिपाठीका अनुसार रक्सौल नाकाको स्थिति बाहिर चर्चामा अाएजस्तो छैन। त्यहाँबाट भन्सार छुटाउने काम अाज पनि भइरहेको छ। सामान अापूर्तिको प्रक्रियाका लागि अावश्यक पर्ने कागजात चेकजाँचमा भने कडाइ गरिएको भन्सार कार्यालय स्रोतले जानकारी दिएको छ। सामान छुटाउने संख्यामा भने केही कमी अाएको छ।

,

news and entertainment