प्रचण्डले बाबुरामलाई भने-तपाईले सरप्राइज दिनु भो
'बाबुरामजीको तरंगित हुने बानी छ'
२०७२ असोज १० गते १२:१९ मा प्रकाशित
१० असोज, काठमाडौं । एमाओवादी परित्यागको घोषणा गरेका डा. बाबुराम भट्टराई र प्रचण्डबीच आइतबार टेलिफोन सम्वाद भएको छ ।
भट्टराईले एमाओवादी परित्यागको घोषणा गरेको भोलिपल्ट प्रचण्ड र बाबुरामबीच फोन सम्वाद भएको हो । भट्टराईले शनिबार पत्रकार सम्मेलन गरेर एमाओवादी र संसद सदस्यसमेत परित्यागको घोषणा गरेका थिए ।
आइतबार प्रचण्डले पूर्व स्थायी समिति सदस्यहरुको बैठक बोलाए । बैठक अघि बाबुरामले प्रचण्डले फोन गरेका थिए ।
जवाफमा प्रचण्डले यो त सरप्राइज नै भो नि भनेका थिए । जवाफमा भट्टराईले सरप्राइज जस्तै भयो भनेको स्रोतले बतायो ।
फोन सम्वादका क्रममा प्रचण्डले भट्टराईलाई तपाईको तरंगित हुने बानी छ, तरंगित नहुनुस् भनेर सम्झाएका थिए ।
onlinekhabar
