फोरमका नेता पक्राउ

आश्विन ७, २०७२- प्रहरीले संघीय समाजवादीका केन्द्रीय सदस्य रामकिशोर यादवलाई विहीवार पक्राउ गरेको छ । गत भदौ २९ गते पक्राउ परेका तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनल र जिल्ला अध्यक्ष नवलकिशोर सिंहलाई मुद्दा पेस गर्न जिल्ला प्रशासन कार्यालयमा ल्याएको बेला फोरमका नेता यादव त्यहाँ जाँदा प्रहरीले स्थानीय प्रशासनको आदेशमा आगजनी गराएको आरोपमा अनुसन्धानको लागि हिरासतमा लिएको हो ।

काँग्रेस कार्यकर्ता विनोद यादवको पकडीया ९ स्थित घरमा आगजनी गरेको आरोपमा अनुसन्धानको लागि हिरासतमा लिइएको प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बताए । पक्राउको विरोधमा कार्यकर्ताहरुले राती अबेरसम्म प्रदर्शन गरेका छन् । यसैबीच तमलोपा सहमहामन्त्री सोनल र जिल्ला अध्यक्ष सिंहको बयान लिइएकोछ । सार्वजनिक मुद्दाको थुनछेक रातीसम्म हुनसक्ने बारका अध्यक्ष रामचन्द्र सिंहले बताए ।

काँग्रेस कार्याकर्ताको घरमा आगजनी

यसैबीच आन्दोलनरत मोर्चाका कार्यकर्ताहरुले पकडिया ९ का काँग्रेस कार्यकर्ता विनोद यादवसहित तीन जनाको घरमा विहीवार तोडफोड र आगजनी गरेका छन् । मोर्चाका सयौं कार्यकर्ता पुगेर नाराबाजी गर्दै तोडफोड र आगजनी गरेका हुन् । यादव काँग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव हुन् ।

news and entertainment