पोखरामा तमुवान बन्दको प्रतिकारमा हजारौ

सागर राज तिमिल्सिना पोखरा, असोज ४

 

 
पोखरा लगायतका क्षेत्रमा तमुवान राज्य माग गर्दै गरिएको बन्दलाई हजारौको संख्यामा आएका सर्वसाधारणले स्वस्फुर्त रूपमा प्रतिकार गरेका छन्।

पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा निस्किएको र्‍याली पोखरा महेन्द्रपुल, पृथ्वी चोक, मुस्ताङ्ग चोक, लेकसाइड सभागृह चोक हुदै पुन संघकै कार्यालय अगाडि पुगेर र्‍याली टुङगिएको थियो।


सडकमा कही कसैले अबरोध गरे खबर गर्न प्रहरीले आग्रह गरेको छ।

यसैबीच प्रहरीले बन्द गराउदै हिड्ने तमुवानका २५ जना कार्यकर्तालाई पक्राउ गरेको छ।

जातीय पहिचानसहित तमुवान प्रदेशको माग गर्दै आव्हान गरिएको बन्दले जनजीवन प्रभावीत भएको थियो। बन्दका कारण उद्योग, कलकारखाना बन्द छन् भने केहि मात्रामा पसलहरु खुलेका छन्।

बन्दकर्ता सडकमा निस्कने बित्तिकै प्रहरीले पक्राउ गर्न नीति बनाए पछि सडकमा बन्दकर्ताहरु देखिएका छैनन्। बन्द कर्ता नभए पनि लामो तथा छोटो दुरीका सार्वजनीक यातायात सन्चानल हुन सकेका छैनन्। पोखरा उद्योग बाणिज्य संघ बन्द खुलाउन भन्दै बिहान मोटर साइकल र्‍याली निकालेको छ। त्यस पछि बजार क्षेत्रका केहि पसलहरु खुलेका छन्।

बन्दको अबज्ञा गर्ने भन्दै उद्योग बाणिज्य संघले सबै पसल, कलकारखाना खोल्न उद्योगी व्यवशायीलाई पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापाले आग्रह गरे।

थापाले संविधान जारी पछि देश अब आर्थिक क्रान्तिमा लाग्नु पर्ने बताउदै बन्द सधैका लागी बन्द गर्नु पर्ने बताए।


,

news and entertainment