सशस्त्रका प्रहरी निरीक्षक र सहायक प्रहरी निरीक्षक कारवाहीमा

सर्वसाधारणमाथि दुव्र्यवहार गरेको भन्दै सशस्त्रका दुई अधिकृतमाथि कारवाही हुने भएको छ ।बाराको धरमपुरमा सोमबार राति मोटरसाइलको कागज पत्रको विषयलाई लिएर स्थानीयसँग झगडा गर्दैहवाई फायर गरेको आरोपमा सशस्त्र प्रहरीका प्रहरी निरीक्षक र सहायक प्रहरी निरीक्षक कारवाहीमा परेका छन्।

कारवाहीमा पर्नेमा तेलकुवा सुरक्षा वे

श क्याम्पका प्रहरी निरीक्षक विष्णुण्प्रसाद मैनाली र सहायक निरीक्षक पर्शुराम उराउले रहेका छन् । उनिहरुले बरियापुरबाट मोटरसाइकल नियन्त्रणमा लिएपछि विवाद भएको थियो।

धरमपुरका नरेश यादवले चलाइरहेको मोटरसाइकललाई निरीक्षक मैनालीले नियन्त्रणमा लिएका थिए। मोटरसाइकल धनीले कागजपत्र ल्याउँदा मोटरसाइकल नछोडी अनावश्यक गाली गर्नुको चार राउण्ड हवाई फायर गरेपछि उनीहरु कारवाहीमा परेका हुन्।

,

news and entertainment