बल्ल भेटाइन् रेखाले खोजेजस्तो नवजवान
एजेन्सी – अन्तिम समयमा आएर रेखा थापाले आफू सुहाउँदो युवक फेला पारेकी छिन् । उनी आफ्नो व्यानरमा बन्न लागेको नयाँ चलचित्र रामप्यारीका लागि सुहाउँदो नायकको खोजीमा थिइन् । फूलपातीमा रिलिज हुने भनेर घोषणा गरिएको तर भूकम्पका कारण रोकिन पुगेको अभिनेत्री रेखा थापाको ’रामप्यारी’मा अभिनेता सविन श्रेष्ठ रेखाको जोडी बनेर देखिने भएका छन् । पछिल्लोपटक उनीहरुले ’हमेशा’मा सँगै काम गरेका थिए । सविनलाई रेखाले नै फिल्ममा डेब्यू गराएकी हुन् ।
सविनसँग आफ्नो ’केमिस्ट्री’ मिल्ने भएकाले सविनलाई नै दोहोर्याएको रेखाले बताएकी छिन् । महिला टेम्पो चालकको कथामा आधारित हुने भनिएको यस चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गर्दैछन् । आगामी चैत २६ गते रिलिज हुने तय भैसकेको रामप्यारी बल्ला असोज १ गतेदेखि छायांकनमा जाँदैछ । यसै चलचित्रबाट रेखाले आफ्नी दिदीका छोरा आभाष अधिकारीलाई पनि नायकको रुपमा डेब्यू गराउँदैछिन् । आभाषको जोडीका रुपमा भने आश्मा डिसी रहनेछिन् ।
