भारतविरुद्ध राष्ट्र एकजुट हुँदै, सर्वदलीय बैठक आह्वान

काठमाडौं, ९ असोज । मधेसवादी दल र तिनका नेताहरूको समर्थनमा भारतले नेपालविरुद्ध अघोषित नाकाबन्दी गरेपछि त्यस विषयमा छलफल गर्न प्रधनमन्त्री सुशील कोइरालाले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आज बेलुका छ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सर्वदलीय बैठकमा भारतले

नेपालविरुद्ध गरेको नाकाबन्दीका विषयमा छलफल हुने स्रोतले जनाएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई बोलाइएको छ । भारतको नाकाबन्दीविरुद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा सर्वदलीय बैठकमा योजना बनाइनेछ । बैठकमा असोज १५ गते आह्वान गरिएको संसदको बैठकमा विषयमा पनि छलफल हुने बुझिएको छ ।

,

news and entertainment