पेट्रोलको बिकल्प मसँग छ-युवा बैज्ञानिक अनिल खतिवडा

युवा बैज्ञानिक हुन् अनिल खतिवडा । बिज्ञानसँग संबन्धित केही राष्ट्रिय प्रतियोगिताहरुमा उनी प्रथम भएका छन् । जस्तो, सिभिल टेक्नो अवार्ड २०७१–प्रथम, राष्ट्रिय बिज्ञान मेला २०७१ प्रथम आदि हुन् । केही समयअघि माइक्रोस्कप्ट, गुगल र युनिसेफको संयुक्त आयोजनामा धुलिखेलमा आयोजित सफ्ट्वेर वनाउने सिविरमा उनी पनि छानिएका थिए ।
खासगरी छिमेकी देश भारतले नाकाबन्दी लगाउने संकेत गरेपछि यी तन्नेरी बैज्ञानिकलाई कसरी पेट्रोलिय पदार्थमा आत्मनिर्भर हुने भन्ने कुराले सतायो । धेरै सोच–विचार गरेपछि उनले केही बिकल्प फेला पारेका छन् । पेट्रोलियम पदार्थका बिकल्पहरु सरकार वा संवन्धित निकायकोलागी जानकारी मुलक हुने भएकाले प्रविधिका विद्यार्थी समेत रहेका युवा बैज्ञानिक खतिवडासँग गरिएको कुराकानीको सारसंक्षेप प्रस्तुत गरेका छौं । सं ।

पेट्रोलियम पदार्थ भएन भने नेपाल अध्यारो नै हुन्छ कि विज्ञानको आँखामा केही बिकल्प छन् ?
– बिकल्प प्रसस्त छन् । धेरै ठूलो लगानी विनानै हामी उज्यालोमा बस्न सक्छौं । यातायातका साधन चलाउने पनि बिकल्प छन् । यी बिकल्प हाम्रै आँखा अगाडी छन् । यी बिकल्प संसारकोलागी नौलो होइनन् ।

पेट्रोलको बिकल्प कस्ता–कस्ता छन् त ? १ नं, २ नं, भनेर भन्नुस् त !
– बिकल्प नं १ – माझिबार वा कदमको बियाँ
भनिने जसको स्थानीय नाम माझिबार वा कदम हो । यसको कालो वियाँको तेलले पेट्रोलको काम गर्छ । सजिलो के छ भने यसको तेललाई कुनै किसिमको प्रसोधन विना नै सिधै प्रयोग गर्न सकिन्छ । हालकै ‘इन्जिन’मा ।

बिकल्प नं २ – उखुको रक्सी
उखुको रक्सीलाई पनि पेट्रोल वा डिजेलको सट्टा प्रयोग गर्न सकिन्छ । तर, यसकोलागी गाडी वा ‘मेसिन’लाई थोरै परिवर्तन गर्नु पर्ने हुन्छ ।

बिकल्प नं ३ – बेट्री, सोलार र गोबर ग्याँस
– यी परम्परागत बिकल्पको वारेमा खासै केही भनिरहनु पर्दैन । तर यी पेट्रोलियम पदार्थका भरपर्दा बिकल्प हुन् ।

माझिबार वा कदमको बियाँको तेल उत्पादन कत्तिको ब्यवहारिक छ ?
– नेपालको सवैजसो ठाऊँमा पाइन्छ । अहिले नेपालमा यो प्रयोगमा छैन । जताततै यो बारमा हुर्किरहेको हुन्छ । अलिकति ध्यान दिने हो भने यसको उत्पादन जति पनि बनाउन सकिन्छ ।
उखुको रक्सी चाहिं ?
– यो त प्रयोगमा नै छ । जस्तो – ब्राजिलमा अहिलेपनि यसको प्रयोग सवैभन्दा अगाडि छ । हाम्रोजस्तो देशमा यो संभव र ब्यवहारिक पनि छ । फेरि अर्को कुरा के भने उखुको रस निकालिसकेपछि यसको प्रयोग हुने भएकाले धेरै मूल्य पनि पर्दैन । अनि मकैको ढोडले पनि यही नै काम गर्छ ।

उखुको रक्सी पनि सिधै लगाउने इन्जिनमा ?
– यसकोलागी चाहिं इन्जिनलाई केही ‘मोडिफाई’ गर्नुपर्छ । धेरै खर्चिलो छैन ।

माझिबार/ कदम, उखुको रक्सी, सोलार, ब्याट्री र गोबर ग्यास मध्ये कुन चाहिं बिकल्प भरपर्दो हो ?
– नेपालको सन्दर्भमा सवैभन्दा भरपर्दो माझीबार/कदमको बिऊवाट निस्कने तेल हो । उखुको रक्सीवाट बन्ने झोल चाहिं खासगरी तराईलाई हुन्छ । राम्रो वाटोमा यो पनि भरपर्दो हुन्छ । ‘पिकअप’ कम हुन्छ भन्ने वाहेक यसमा पनि समस्या देखिएको छैन ।


धेरैदेशमा प्रयोगगर्ने हाइड्रोजन ग्यास हामीकहाँ संभव छैन । जे बिकल्पहरु मैले भने ती सवै ब्यवहारिक छन् । तिनमा खासै खर्च पनि छैन । र, संसारले प्रयोगपनि गरिसकेको छ ।

माझिबार वा कदमको बियाँको तेल उत्पादन कत्तिको ब्यवहारिक छ ?
– नेपालको सवैजसो ठाऊँमा पाइन्छ । अहिले नेपालमा यो प्रयोगमा छैन । जताततै यो बारमा हुर्किरहेको हुन्छ । अलिकति ध्यान दिने हो भने यसको उत्पादन जति पनि बनाउन सकिन्छ । हामीले यसलाई ब्यवसायिकरुपमा नसोच्दा त जताततै उम्रिएको पाइन्छ । ध्यानदिंदा जतिपनि हुन्छ ।

यी बिकल्पहरु तयारगर्न कति समय लाग्ला ?
– यसलाई ब्यवसायिकरुपमा सोच बनाएर प्रयोग गर्ने हो भने धेरै समय लाग्दैन । यी सवै एकबर्षे खेतीवाट पुरा हुन्छन् । उखुलाई चिनीको रुपमा मात्र प्रयोग गर्दैैछौं, अव पेट्रोलियममा प्रयोग गरौं । चिनी निकालिसकेपछि ढोडको प्रयोगवाट पनि हुने हो । मकैको ढोड पनि प्रयोगमा ल्याउन सकिन्छ । उखु र मकै हुर्किन जति समयलाग्छ त्यति नै समयमा काम बन्छ ।

,

news and entertainment