फ्रान्स र इरानबीच ११८ ओटा एअरबस खरिद सम्झौता

काठमाडौं, माघ १५ । फ्रान्स र इरानबीच एअरबस विमान खरिदबारे सम्झौता भएको छ ।

फ्रान्स भ्रमणमा रहेका इरानका राष्ट्रपति हुसेन रुहानीले फ्रान्ससँग भएको सम्झौता इरानको इतिहासमा एक नयाँ अध्याय भन्दै यसले इरान र फ्रान्सबीचको सम्बन्ध थप मजबुद् बनेको प्रतिक्रिया दिए ।


इरानी राष्ट्रपति रुहानी र फ्रान्सका राष्ट्रपति फ्रास्वाँ ओलान्डबीच १ सय १८ ओटा एअरबस खरिदका लागि सम्झौता भएको हो । यसका लागि ३० अर्ब अमेरिकी डलर इरानले फ्रान्सलाई उपलब्ध गराउनुपर्ने छ ।

इरानको परमाणु कार्यक्रमको विषयलाई लिएर इरानमाथि लगाइँदै आएको प्रतिबन्ध हटेलगत्तै इरानका राष्ट्रपति युरोप भ्रमणमा गएका हुन् । (एजेन्सी)
imagekhabar

,

news and entertainment