सुन्दरताका लागि दहीको प्रयोग यसरी गर्नुहोस्

काठमाडौं । सुन्दरताका लागि मानिसहरु निकै तनावग्रस्त बनेका हुन्छन् । विभिन्न उपाय अवलम्बन पनि गरेका हुन्छन् । यसैक्रममा दही खाँदा जति स्वस्थ्य भइन्छ यसलाई छालामा लगाउने हो भने शरीरको सुन्दरता ल्याउन सकिने चिकित्सकहरु बताउँछन् । दहीमा क्याल्सियमको मात्रा अधिक हुने तथा प्रोटिन, लेक्टोज, आइरन र फस्फोरस पनि उत्तिकै मात्रमा पाइने भएकाले यो निकै लाभदायक मानिन्छ ।


अनुहारमा दही लगाउनाले छाला कोमल हुेन र विस्तारै निखार पनि आउने हुँदा सुन्दरता ल्याउन सकिन्छ । अझ दहीले अनुहारको मसाज गर्ने हो भने ब्लिचको काम गर्दछ । साइड इफेक्ट नहुने हुँदा ढुक्कका साथ दही प्रयोग गर्न सकिन्छ ।
दही सेवन गर्नाले खानेकुरा राम्रोसँग पच्छने हुँदा शारीरिक रुपमा पनि उत्तिकै दही लाभदायक छ । दहीमा पाइने क्याल्सियमले हाड र दाँत बलियो हुन्छ । यसले अस्टियोपोरिसिसजस्तो रोगसँग लड्न मद्दत गर्छ ।

यस्तै उच्च रक्तचापका बिरामीलार्य दहीले फाइदा गर्छ भने दहीमा ज्वानो मिलाएर खाने हो भने कब्जियत हटाउने कार्यमा पनि मद्दत पुग्छ । दही कपालमा लगाउनाले चाया हट्नुका साथै कपाल नरम अनि चमकदार हुने चिकित्सकको भनाइ छ ।

onlinesanjal

,

news and entertainment