शक्तिशाली भूकम्पले ताइवानमा ५ को मृत्यु

शक्तिशाली भूकम्पले ताइवानमा ५ को मृत्यु
ताइपेई–ताइवानको दिक्षिणी इलाकामा शक्तिशाली भूकम्पको झड्का महशुस गरिएको छ। भूकम्पका कारण बहुतले भवन भत्किँदा पाँच जनाको मृत्यु भएको छ भने १ सय २१ जना घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।


अमेरिकी भूगर्भ विभागका अनुसार ताइवनाको दक्षिणी शहर तैनान शहरदेखि ४३ किलोमिटर टाढा पूर्वी इलाकामा केन्द्रविन्दु भएको भूकम्पको तीव्रता ६ दशमलव ४ रेक्टरस्केलको थियो। भूकम्पका कारण सो सहरको १७ तले भवन ढलेको छ। सो भवनबाट १२३ जनालाई सुरक्षित रुपमा बाहिर निकालिएको छ । सो भवनमा अन्य मानिसपनि पुरिएको हुनसक्ने आशंका गरिएको छ। सो भवनमा करिब २४० मासिन बस्ने गरेको संचारमाध्यमले जनाएका छन्।

ताइवानको इटी टेलिभिजनका अनुसार भूकम्पबाट पाँच जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा एक बालिका रहेको बताइएको छ। ताइवानबाहेक भूकम्पको झड्का भारतको विहारमासमेत महशुस गरिएको थियो। विहारको दरभंगा, सीतामढी, बेतिया, रक्सौल तथा मुज्जफरनगरमा भूकम्पको झड्का महशुस गरिएको थियो।

nagariknews

,

news and entertainment