उपराष्ट्रपति पुनको स्वास्थ्यमा अचानक समस्या, हेलिकोप्टरबाट काठमाडौं लगियो |

सिन्धुली, माघ २३ । एक कार्यक्रममा सहभागी हुन सिन्धुली पुगेका उपराष्ट्रपति नन्दबहादुर पुनको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार आकस्मिकरुपमा हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।


तामाङ समुदायको दुईदिने ताम्बा महोत्सवको उद्घाटन गर्न सडकमार्गबाट सिन्धुली पुगेका उपराष्ट्रपति पुन अचानक बिरामी भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट राजधानी फकाईएको हो । उनको सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ ।

काठमाडौंबाट करिब ४ घन्टाको सडकयात्राबाट शनिबार बिहान ११ बजेतिर सिन्धुलीमाडी पुगेका उपराष्ट्रपति पुनको स्वास्थ्यमा समस्या आएपछि सिन्धुली जिल्ला अस्पतालका डा. फणिन्द्र बरालले परीक्षण गरेका थिए ।

अपरान्ह ताम्बा महोत्सवको उद्घाटनलगत्तै उनलाई काठमाडौं लगिएको हो ।

imagekhabar

,

news and entertainment