आज कालो दिन माघ १९, तत्कालीन राजा ज्ञानेन्द्रले शासन व्यवस्था आफ्नो हातमा लिएका थिए

आज माघ १९, तत्कालीन राजा ज्ञानेन्द्रले मुलुकको शासन व्यवस्था आफ्नो हातमा ल्याएको दिन । आजको दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा लिने गरिन्छ ।
२०६१ साल माघ १९ गते शुक्रबारका दिन तत्कालीन राजा ज्ञानेन्द्रले तत्कालिन निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरेर शासन सत्ता आफ्रनो हातमा लिनुभएको थियो । तत्कालीन राजतन्त्रले शासन सत्ता हत्याए लगत्तै मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित भएको थियो । मोबाइल र टेलिफोन लाइन बन्द गरिएको थियो । सञ्चार माध्यमहरुमा स्वतन्त्र रुपमा न्यूज बनाउन र भन्न समेत रोक लगाइको थियो भने सञ्चार गृहमा समेत सेना परिचालन गरिएको थियो ।


राजनीतिक दलका नेताहरु नजरबन्दमा राखिएका थिए । जुलुस र धर्नामा पूर्ण रोक लागेको थियो । निरंकुश शासनले नागरिकका मौलिक हकअधिकार कुण्ठित भयो । तर यो अवस्था धेरै दिन रहन सकेन । दलका नेता, पेशाकर्मी–व्यवसायी र आम नागरिक निरंकुशतन्त्रको बिरोधमा उत्रिए । तत्कालीन सात राजनीतिक दल र नेकपा माओवादीबीच भएको १२ बुँदे सहमतीको जगमा दोस्रो जनआन्दोलन सुरु भयो । र, परिणामस्वरप २०६२,०६३ को जनआन्दोलनबाट २ सय ४० वर्षदेखिको राजतन्त्र नै समाप्त भयो ।
जनआन्दोलनपछि शासनसत्ता जनताको हातमा आयो र संविधानसभामार्फत जनताका उपलब्धीहरु संस्थागत गरिएका छन् । यद्यपि, उक्त जनआन्दोलन र ऐतिहासिक परिवर्तनवाट अपेक्षा गरे अनुरुप परिवर्तनको महशुस गर्न नपाएको भन्दै राजनीतिक दल र नेताहरुप्रति सर्बसाधारणहरु सन्तुष्ट भने हुन सकेका छैनन् ।
news24nepal

,

news and entertainment