[लाइभ] यु–१९ विश्वकप क्रिकेटः बंगलादेश र नामिबियाबीच खेल जारी, विजेतासँग नेपालले खेल्ने

ढाका, माघ १८, बंगलादेशमा जारी अन्डर नाइन्टिन विश्वकप क्रिकेटमा अहिले बंगलादेश र नामिबिया भिड्दै छन् । यो समाचार तयार पार्दासम्म नामिबियाले खराब सुरुवात गर्दै २४ ओभरमा ६ विकेट गुमाउँदै जम्मा ५९ रन जोड्न सकेको छ । आजको विजेताले भोलि नेपालसँग खेल्ने छ ।
लाइभ अपडेट हेर्न यहाँ क्लिक गर्नुहोस्

हिजो भारतसँग पराजित नेपाल समूह उपविजेता बनेको छ । समूह डीबाट भारत समूह विजेता बन्दै अन्तिम आठमा पुग्दा एक जित हसिल गरेको न्यूजिल्याण्ड र जितविहीन आयरल्याण्ड बाहिरिएका छन् । समूहको अन्तिम खेलमा भारतसंग ७ विकेटले पराजित हुँदै नेपाल उपविजेतामै समेटिएको हो ।

ढाकामा भएको खेलमा पहिले ब्याटिङ्ग गरेको नेपालले खराब मौसमले ४८ ओभरमा झारिएको खेलमा ८ विकेट गुमाएर एक सय ६९ रनमात्र बनायो । प्रारम्भिक ब्याट्सम्यान सन्दीप सुनारले सर्वाधिक ३७ रन बनाएको इनिङ्गमा राजवीर सिंहले ३५, प्रेम तामाङले अविजित २९ तथा आरिफ शेखले २६ रनको योगदान दिए । त्यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् ।

जवाफमा भारतले १८ ओभर १ बलमै ३ विकेट गुमाएर विजय हासिल ग¥यो । अन्डर नाइन्टिन विश्वकपमा १८ बलमै अर्धसतक बनाउने कीर्तिमान रचेका रिसभ पन्तले २८ बलमा ७८ रनको योगदान दिए । कमजोर बलिङ्ग गरेको नेपालका लागि अलराउण्डर प्रेम तामाङ्गले दुई तथा सन्दीप लामिछानेले एक विकेट झारे । यो हारले नेपालको ब्याटिङ्ग लाइन अझै सुध्रिन नसकेको स्पष्ट भएको छ ।

हारपछि नेपाली प्रशिक्षक जगत टमाटाले अब क्वार्टरफाइनलमा नेपालले ब्याटिङ्ग र बलिङ्ग दुवै सुधार गर्नुपर्ने बताए । उनले भारतविरुद्धको खेल नेपालका लागि अभ्यासजस्तो भएको भन्दै दवावमा नपरी खेलेको बताए । अब नेपालले क्वार्टरफाइनलमा बंगलादेश वा नामिबियासंग खेल्नेछ ।
aajakokhabar

,

news and entertainment