चिनियाँ सञ्चार माध्यममा ओली चीन प्रस्थान गरेको समाचार

७ फागुन, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार चीन भ्रमणमा गएका छन् । प्रधानमन्त्री ओलीको भ्रमणबारे चिनियाँ मिडियामा खासै चासो देखिएको छैन ।


ओली चीन भ्रमणमा प्रस्थान गरेको करिव डेढ घण्टापछि चिनियाँ सरकारी समाचार एजेन्सी सिन्हुवाले ओली चीन प्रस्थान गरेको समाचारलाई हेडलाइन् समाचार बनाएको छ ।



यद्यपी चिनियाँ सञ्चार माध्यमले ओली भ्रमणलाई मुख्य हेडलाइन बनाएका छैनन् । ओली एक साता लामो चीन भ्रमणका लागि चीन प्रस्थान गरेको र ओलीले वोआओ सम्मेलनमा सहभागी हुने मात्र सिन्हुवाको समाचारमा उल्लेख छ ।
nepaliheadline

,

news and entertainment